साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे बिगार्ने धन

बोल्यो लाज पचाइँ बेसरमले आफैँ फटाहा भयो । बोली कर्कस झैँ छ सुन्न नहुने नेता बिकामे भयो । भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि । बेकामी नर वा त वानर भनौँ नेता बुख्याँचा अनि ।

Nepal Telecom ad

ए भाते भतुवा समाज भँडुवा नेता भयौँ के गरी
धर्तीमा खिचलो छ याद गरलौँ बस्छौँ सधैँ ट्वा परी
आफ्नो देश बचाउँनै सकस भो सुन्छौ उसैको कुरा
गर्छौ सादर भक्तिभाव उसकै बिग्रेछ चाला पुरा ।

सेवा ढोग बिहान साँझ दिनहूँ ढोगेर खुट्टा अनि
खान्छौ भोज उतै बसेर कहिले लाग्छौ अघोरी पनि
सीमा साँध मिचेर रोड हुनगो बोल्दैन केही किन ?
सत्ताको सरकारभित्र बलियो खम्बा हरायो किन ?

डोकामा अडिने छ दूध दुहुँदा हालेर ढुङ्ग्रो भरी
बोकाको र छ दूध खान घरमा माग्ने भयो के गरी
भ्रष्टाचार अचार भो समयको स्वादिष्ट व्यञ्जन् भयो
बढ्दो भो अनिकाल गाउँ घरमा खाद्यान्न खाँदो भयो ।

आफू झैँ अरु छैन भन्छ उसले खन्दैछ खाल्डो पर
आफ्नै गाउँ छिमेकभित्र जनले टेर्दै नटेर्नै तर
नेताभित्र रहेन मानव चुरो ढुङ्गो सरी भो मन
रूवाका मनमा अटेन किन हो ? मान्छे बिगार्ने धन ।

बोल्यो लाज पचाइँ बेसरमले आफैँ फटाहा भयो
बोली कर्कस झैँ छ सुन्न नहुने नेता बिकामे भयो
भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि
बेकामी नर वा त वानर भनौँ नेता बुख्याँचा अनि ।

खाए घाँस जनावरा सरह नै बेमान दादा गिरी
गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी
नेता बन्न त छैन लायक कुनै नेता भनौँ के गरी
हालौँ खाडलमा र फोहर भनी गाडौँ चिहानै सरी ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x