साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माहोल

अनि त योगाभ्यास बाध्यता हो ती भक्तहरूको, जो निरन्तर चलिरहेछ, चलिरहेछ । यो हो नि भजन-कीर्तन र योगाभ्यासको माहोलको मजा !!

Nepal Telecom ad

भक्त भावनामा लिप्त । भक्तको चढावामा भगवान तृत्त । त्यसमाथि भजनको यत्रो सुमधुर संगीत, बाफ रे बाफ ! बटुवा पनि गन्तव्य बिर्सेर ठिङ्ग श्रवणमा चुस्त । बिर्सदै गएर यस माहौलमा मै किन केको लागि यी खुट्टा उचालिरहेछु । मभन्दा मेरो हात अगाडि बढिरहेछ भन्ने सोच कुन खोचमा गएर लुकेछ क्यारे ! सबका सब लठ्ठ तर के हो यो ?

भगवान भने भक्तले चढाएको नैवेद-प्रसाद चाख्न मै व्यस्त । कहिले औंला चाट्ने, कहिले पेट मुसार्ने अनि बीच बीचमा डकार हुइँकाउने । यस डकारले कुनै कुनै भक्त नतर्सिएको पनि कहाँ हो र ! तर छड्के नजर उठ्दैमा बीचमै नजर जबरजस्ती भुईंतिर फाल्नुपर्ने जो बाध्यता छ त ! नत्र प्रभुको कृपा नपाइँने ।

प्रभुको कृपा भनेको उही त हो नि ! प्रभुबाट ज्युनार भएका नैवेद-प्रसादका केही दाना, पञ्चामृतका केही थोपा पोखाई प्रसादको रुपमा चाख्न त के छुन पनि नपाइने मात्र होइन सुँघ्न समेत नपाइने । अनि त योगाभ्यास बाध्यता हो ती भक्तहरूको, जो निरन्तर चलिरहेछ, चलिरहेछ । यो हो नि भजन-कीर्तन र योगाभ्यासको माहोलको मजा !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x