सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्रष्टा तिलकप्रसाद लुइँटेल ICU मा, उपचारमा आर्थिक सङ्कट

मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उहाँ अस्पताल भर्ना हुनुभएकाे उहाँकाे पारिवारिक श्राेतले बताएकाे हाे । मिर्गाैलासम्बन्धी उपचार अत्यन्तै खर्चिलो भएको हुँदा परिवारमा आर्थिक संकट आएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८० मङ्सिर १४ । चार वेद लगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवादक तिलकप्रसाद लुइँटेल विगत १० दिनदेखि नेपाल मेडिकल कलेज जोरपाटीको सघन उपचार कक्ष ( ICU ) मा उपचार गराइरहनु भएको छ ।

मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उहाँ अस्पताल भर्ना हुनुभएकाे उहाँकाे पारिवारिक श्राेतले बताएकाे हाे ।

मिर्गाैलासम्बन्धी उपचार अत्यन्तै खर्चिलो भएको हुँदा परिवारमा आर्थिक संकट आएको छ ।

उहाँकाे सघन उपचारमा सरकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानले समयमै चासाे लिन साहित्यिक स्रष्टा एवम् द्रष्टाहरूले सामाजिक सञ्जालबाट ध्यानाकृष्ट गरिरहेका छन् ।

स्रष्टा दुर्गाप्रसाद अधिकारी भमरकाेटेले सामािजक सञ्जालमा तिलक लुइँटेल उपचार सहयाेगका नाममा पेज खाेलेर आर्थिक सहयाेग प्रदान गर्न सार्वजनिक आव्हान गर्नु भएकाे छ ।

अधिकारी भमरकाेटेले तिलक लुइँटेलका छोराको नाममा रहेको निम्न बमोजिमको खातामा यथासक्य रकम जम्मा गरि सहयोग पुर्‍याइ दिन सबैमा हार्दिक अनुरोध गर्दै आफ्ना समूह र साथीहरूको बिचमा यो सहयोगको अपिल पुर्‍याउन सहयोग गरिदिन समेत आव्हान गर्नु भएकाे छ ।

बैंक र खाताको विवरण यस प्रकार रहेको छ :

Laxmi Sunrise Bank
Account Number: 03140002813
Account name: Bibhav Luitel

एउटा स्रष्टाकाे जीवन बचाउन अन्यान्य स्रष्टाहरूकाे दायित्व हाे, सवैले यथासक्य सहयाेग प्रदान गर्न फित्काैली डटकमले पनि हार्दिक आग्रह गर्दै उक्त खातामा रू. २००० (दुइ हजार रूपैयाँ) सहयाेग प्रदान गरेकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x