फित्काैली डटकमकुलपति भूपाल राई अमेरिकामा सम्मानित
कार्यक्रमलाई संवोधन गर्दै पहिलोपटक अमेरिका न्युयोर्क पुगेका कुलपति राईले जहाँ भए पनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ भन्नु भयाे ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मानको आयोजना गरेको थियो ।
यस कार्यक्रमलाई संवोधन गर्दै पहिलोपटक अमेरिका न्युयोर्क पुगेका कुलपति राईले जहाँ भए पनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ । त्यसले मात्रै नेपाली हुनुमा गर्व गर्न सकिने कुरा बताउँदै एक नम्बर प्रदेशको नाम कोसी नभई किरात प्रदेश हुनुपर्ने धारणा राख्नुभएको थियो ।
यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरूआफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताउनु भएको थियो ।
यसैगरी पत्रकार लोकमणि राई लगायतका व्यक्तिहरू कार्यक्रममा सक्रिय रहनुभएको थियो ।
०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































