सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कृषि अनुदान

“धितो के राखम् ?” “तिनै गमला राख्ने र नपुगे दाइको नाम राख्ने । त्यतिले पनि नपुगे दस हजार दाम राख्ने ।”

Nepal Telecom ad

रमेश समर्थन :

“लौ त मलाई कृषि अनुदान चाहियो ।”
“कृषि गर्नुहुन्छ ?”
“गर्छु नि ।”
“के गर्नुभा छ ?”
“कौसीको गमलामा दुईवटा फूल रोपेको छु । अनुदान नपाएर सुक्न लागे । छिटो चाहियो ।”
“त्यत्तिका लागि त पाइँदैन ।“
“किन पाइँदैन ? चाहिएपछि पाइँदैन ?”

“तपाईंको परिचय ?”
“अमुक पार्टीको वडा समितिका अध्यक्ष मेरा साख्खै दाइ ।”
“कति चाहिएको हो ?”
“चाहिएजति पाइन्छ ?”
“पाइएजति चाहिन्छ ?”
“चाहिन त नेपालकै बजेट चाहिन्छ नि ।”
“ठट्टा नगर्नुस् न ।”
“दस लाख भए अरु खोजखाज गरम्ला ।”

“धितो के राखम् ?”
“तिनै गमला राख्ने र नपुगे दाइको नाम राख्ने । त्यतिले पनि नपुगे दस हजार दाम राख्ने ।”
“बस्दै गर्नुस् । काम हुन्छ ।”
“दाइलाई नाम भनम्ला ।”

०००
रुपन्देही

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’