साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखियो पक्षपात

होला के सृष्टि मानौँ भुवनभर डुली बाबुको कल्पनाले होला के दृष्टि लाऔँ सितिमिति जननी मात्रको सिर्जनाले । बाङ्गो बाटो दुबैले खुरुखुरु नखनी हुन्न सोझो सपाट होला जारी अझै यो कति समय ठुलै देखियो पक्षपात ।

Nepal Telecom ad

उत्तम विचार :

आमा कोही हुँदैनन् वरपर नहुँदासम्म बाबा सवार
बाबा जो पूर्ण हुन्नन् मुखरित नहुँदासम्म मातृत्व प्यार ।
आमाकै देख्छु ज्यादा कवि कलम कथा काव्य लेख्ने जमात
एकै हुन् बाबुआमा तर पनि किन हो देखियो पक्षपात ।।१।

आमाले जन्म दिन्छिन् तर किन भुलियो बाबु हुन् कर्म दाता
छोराछोरी दुबैका जनक र जननी भाग्य लेख्ने विधाता ।
बानी राम्रो सुधारी असल लय दिने बाबुको हुन्छ हात
एकै हुन् बाबुआमा तर नजर हुँदा देखियो पक्षपात ।।२।

छोराछोरी महान् हुन् समय गतिसँगै बेगले बढ्न सक्ने
जस्तै आऊन् समस्या अटल मुटु लिई ढुक्कले अड्न सक्ने ।
यस्तो आशा अपेक्षा हरपल जसले लिन्छ अर्को होला त
आमाबाबा तिनै हुन् तर पनि सहजै देखियो पक्षपात ।।३।

नङ्ग्रा घोटी बुबाले ऋणधन बटुले टार्छु गर्जो भनेर
डल्ला फोरी मुमाले नित पहल गरिन् कर्मयोगी बनेर ।
ताली बज्ला दुईटै परर सँग मिले जोडिँदा शिष्ट हात
आमा आमा अलाप्छौ अबुझ शठ बनी देखियो पक्षपात ।।४।

होला के सृष्टि मानौँ भुवनभर डुली बाबुको कल्पनाले
होला के दृष्टि लाऔँ सितिमिति जननी मात्रको सिर्जनाले ।
बाङ्गो बाटो दुबैले खुरुखुरु नखनी हुन्न सोझो सपाट
होला जारी अझै यो कति समय ठुलै देखियो पक्षपात ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
झाँक्रीखोले
झाँक्रीखोले
7 months ago

‘अर्को होला त ‘ यहाँ छन्दभङ्ग भएको छ। शुद्ध गरेर भोलि पुन छाप्ने हो कि !

Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
असारे भाका गाउँछन् पाका खेतमा झरेर

असारे भाका गाउँछन् पाका...

इन्द्रनारायण सुवेदी
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
1
0
Would love your thoughts, please comment.x
()
x