फित्काैली डटकमगुर्दौली
तर यो स्वार्थी दुनियामा फिर्ता आउँदैनन् कोही तिम्रो रुप ओइलिँदै, पात झर्दै चाउरिन थालेपछि । गुर्दौली– अहिले, बिगतका पन्ना पल्टाउँदै, कति पछुतोका आँसु पोखिन्छ होला ?

डा. हरिकुमार श्रेष्ठ शिखर :
पृथ्वीको पर्दा खोलेर
अङ्कुरियौ तिमी
इन्द्रेनी रङ बोकेर
सुबास्नाका तरङ्गहरु
छरछर फैलाउँदै
यो खुल्ला धरतीको
मुक्त यात्रामा ।
जब तिमी
हरिया बगैँचाका आँगनहरुमा
ढकमकियौ
यौवनका पातहरु फिँजाएर,
कति चराहरु चिरबिराउँदै
नाचे शीतल बिहानीमा,
कति पुतलीहरु
रमाए तिम्रै समीपमा,
कति भ्रमरहरु झुम्मिए
तिम्रो सुगन्धमा
बेरिँदै, रङमङाउँदै
रसस्वादन गर्दै ।
कति यात्रीहरु
तिमीलाई मुसार्दै
चाखे उनीहरुले आनन्द ।
तर
यो स्वार्थी दुनियामा
फिर्ता आउँदैनन् कोही
तिम्रो रुप ओइलिँदै,
पात झर्दै
चाउरिन थालेपछि ।
गुर्दौली–
अहिले, बिगतका पन्ना पल्टाउँदै,
कति पछुतोका आँसु
पोखिन्छ होला ?
०००
नागार्जुन– १०, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest










































