सुरेशकुमार पाण्डेचाहिन्छ
ककसले दिन्छौ भन त भोट हामीलाई झुट नबोली, यो त पोलेसी हो जित्नलाई पनि औजार चाहिन्छ।
सुरेशकुमार पाण्डे :
किन बुझ्दैनौँ फलाम काट्ने पनि हतियार चाहिन्छ,
जस्तै दुश्मन्को गर्धन काट्नलाई तरवार चाहिन्छ।
यो सत्ताले मात्र भएर त कहाँ पुग्छ नेताहरूलाई,
सत्तामा बसिराख्न देशी विदेशी बफादार चाहिन्छ।
भन्छन् जम्मा पाँच हजार मारेँ तिम्रो रिसले पुग्यो ?
स्याबास संसार भरी देशमा यस्तै सरकार चाहिन्छ।
गरिब छलकपट गर्न सक्दैन बाँचेर केकाम बिचरा,
देशमा रोजगार छैन बाँच्नै पनि त आधार चाहिन्छ।
नागरिकहरूलाई काम भएन भन्छौ तिमी आफैले,
हामीले के खाने नेतालाई पनि त रोजगार चाहिन्छ।
ककसले दिन्छौ भन त भोट हामीलाई झुट नबोली,
यो त पोलेसी हो जित्नलाई पनि औजार चाहिन्छ।
सुन तस्कर, एनसेल घोटाला मात्र कहाँ गर्यौँ हामी,
कयौँ घोटाला भए लेख्न सक्ने अखबार चाहिन्छ।
०००
दाङ घोराही १८
०९-१२-२०२३,
Subscribe
Login
0 Comments
Oldest




































