साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान आफ्ना बिग्रिँदा

आफ्नै धरा हो स्वर्ग यो सन्तानले सेवा गरून् ऊर्जा यहीँ पोखून् सबै नेपालको माथा भरून् आफ्ना सारा सन्तानमा गर्छन् माया धाताहरू सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भावी बनी प्रारब्ध नै लेख्छन् यिनै सन्तानको
आडा दरो दिन्छन् सधैँ पारो चढाई ज्ञानको
माता पिता टाढा बसे बन्ला घरै सुक्खा मरु
सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥१

माया गरी त्यो काँधमा बोकी डुलाएकै थिए
ऊर्जा थपी त्यो देहमा लाली घुलाएकै थिए
पाएर आशिष् वृद्धकै बढ्ने गरोस् झन् आबरु
सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥२

परोस् झरी या घाम होस् बन्छन् उनै छाता बरु
सम्पन्न हुन् सन्तान ती भन्छन् नहुन् रित्ता तरु
माता पिता भन्दा ठुला छैनन् धाता नाता अरू
सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥३

खेती किसानीमा डटी बाले उनैले त्यो चुलो
हाँसो खुसी मात्रै दिने गर्दै इरादा झन् ठुलो
रक्षा गरी सन्तानको राख्छन् बनी योद्धा बरु
सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥४

आफ्नै धरा हो स्वर्ग यो सन्तानले सेवा गरून्
ऊर्जा यहीँ पोखून् सबै नेपालको माथा भरून्
आफ्ना सारा सन्तानमा गर्छन् माया धाताहरू
सन्तान आफ्ना बिग्रिँदा रुन्छन् पिता माताहरू॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x