साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वालिङ क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रेले प्रतियोगिताको शीर्षक समय सान्दर्भिक रहेको कुरा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Nepal Telecom ad

स्याङ्जा, २०८२ पुस १ । वालिङ बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको `शान्ति र विकासका लागि युवा´शीर्षकमा वक्तृत्वकला प्रतियोगिता क्याम्पसको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रेले प्रतियोगिताको शीर्षक समय सान्दर्भिक रहेको कुरा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त प्रतियोगितामा सात जना प्रतियोगीहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान क्रमश: बिना रेग्मी, आयुष्मा काफ्ले, देवी पाठक र बबिन पाठक प्राप्त ग गरेका थिए ।

प्रतियोगितामा निर्णायकका रुपमा क्याम्पसका उप प्राध्यापकहरू विमोद खनाल,राजु अर्याल र इन्दु श्रेष्ठले जिम्मेवारी वहन गर्नुभएको थियो ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख जगन्नाथ पंगेनी, पूर्व प्राचार्यहरू सच्चिदानन्द यादव र युवराज पाठक, प्राध्यापकहरू टेकराज सुवेदी, मधुसूदन आचार्य, चन्द्रमणि ढुङ्गाना, अर्जुन तिवारी, सुनिल जिसी, छविलाल चापागाईलगायतको उपस्थिति रहेको थियो भने क्याम्पसको विभिन्न तह र सङ्कायका विद्यार्थी तथा स्ववियुका पदाधिकारीहरू एवम् सदस्यहरूको बाक्लो उपस्थितिले सभाहल भरिएको थियो ।

कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका सदस्य एवम् अतिरिक्त क्रियाकलाप प्रमुख पदम पाण्डे गर्नुभएको थियो भने सञ्चालन कार्यक्रमका संयोजक सहायक प्राध्यापक श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।

०००
श्यामप्रसाद ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x