फित्काैली डटकमकोशी प्रदेश पुस्तकालय संघमा १३ सदस्यीय तदर्थ समिति गठन
धरानस्थित सुनौलो पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा भएको कोशी प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरको कोशी प्रदेशस्तरीय भेलाले पुरानो तदर्थ समितिले काम नगरपछि नयाँ कार्यसमिति गठन गरेको हो ।

उदयपुर, २०८२ पुष १ । कोशी प्रदेश पुस्तकालय संघको पुरानो नेतृत्वले एउटा पनि बैठक राख्न नसकेपछि पुरानो समिति भंग गरेर नयाँ तदर्थ कार्यसमिति गठन गरिएको छ ।
पुरानो समितिका अध्यक्ष भरत खड्काले चिल्ला र मीठा गफमामात्र अरुलाई भुलाएर मनपरी गर्न लागेपछि सो समिति भंग गरेर मोरङका उद्धव विष्टको संजोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ भने सदस्य सचिवमा उषा परियारलाई चयन गरिएको छ ।
कोशी प्रदेश भित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको व्यवस्थित रुपले संचालन, व्यवस्थापन तथा सुढृढीकरण, नियमित सञ्चालन र पठन संस्कृति विकासका लागि सक्रिय रुपले अघि बढाउने निर्णय गरिएको छ ।
गत शनिबार सुनसरीको धरानस्थित सुनौलो पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा भएको कोशी प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरको कोशी प्रदेशस्तरीय भेलाले पुरानो तदर्थ समितिले काम नगरपछि नयाँ कार्यसमिति गठन गरेको हो ।
धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम बेगाको प्रमुख आतिथ्यतामा भएको सो कार्याक्रममा बेघाले अहिलेको अवस्थामा सबैको हातमा मोवाइल भएकोले मोवाइलका कारण पुस्तक पढ्ने बानी हराएकोमा चिन्ता व्यक्त गर्दै पठन संस्कृतिको विकासकालागि पुस्तकालयको महत्व ठूलो हुने भएकोले विद्यालय कलेज, गाउँटोलमा पुस्तकालय संचालन गर्नु अपरिहार्य भएको बताए ।
कार्यक्रममा सल्लाहकार समितिका संयोजक रहेका उद्धव विष्टले कोशी प्रदेशको सामुदायिक तथा सार्वजनिक पुस्तकालयको अवस्था र सुधार गर्नु पर्ने विषयका बारेमा आफ्नो धारणा राखेका थिए । सहभागीहरू कोशीका १४ जिल्ला मध्ये ११ जिल्लाका पुस्तकालय कर्मीहरूले आ आफ्नो परिचय सहित आफ्नो धारणा राखेका थिए ।
सो भेलाले उद्धव विष्ट संयोजक रहेको तदर्थ समितिका सदस्यहरूमा प्रमप्काश फलाहारी झापा, नवराज घिमिरे झापा, इन्द्र थापा भोजपुर, घनश्याम बराल धनकुटा,सुदेश वस्ती मोरङ रहेका छन् । यसैगरी अन्य सदस्यहरमा पदम बहादुर भट्टराई धनकुटा, भवानी प्रसाद पोखरेल सुनसरी, हरि घिमिरे इलाम, बाबुराम श्रेष्ठ ताप्लेजुङ, ऋृषिकेश चापागाई संखुवासभा,डम्बर चौहान सुनसरी, माधव पोखरेल गोज्याङ्ग्रे उदयपुर रहेका छन् । सदस्य सचिवमा भने सुनसरीकी उषा परियार रहेकी छिन् ।
यसैगरी सो भेलाले कोशी प्रदेश पुस्तकालय सङ्घको विधान तयार पार्न नवराज घिमिरेको संयोजकत्वमा रामप्रसाद दाहाल र भवानी प्रसाद पोखरेल सदस्य रहेको ३ सदस्यीय मस्यौदा उप समिति पनि गठन गरेको छ ।
यसतैगरी उक्त भेलाले निलकण्ठ तिवारीको सेयोजकत्वमा भरत गुरुङ, रामप्रसाद दाहाल, उषा गुरुङ,सीताराम त्रिताल,सुदर्शन बराल,मनोज विश्वकर्मा,महाप्रसाद लामिछाने र शेष कुमारी घिमिरे सदस्य रहेको आर्थिक उपसमिति समेत गठन गरेको छ ।
०००
माधव पोखरेल गोज्याङ्ग्रेको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































