साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहुलको गजल सङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण

'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे लगायतले कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले कृति लोकार्पण गरेका थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ मङ्सिर २९ । गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण भएको छ ।

‘द मार्जिन’ले प्रकाशनमा ल्याएको उक्त कृति वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गरेका थिए ।

नागरिकता बोक्नेहरुले हाँस्दै देश छोडेको र नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोड्दै कृतिका लेखक राहुल शंकरमा देशभक्त भावना र उनका सिर्जनाहरु साँच्चिकै देशप्रेमले ओतप्रोत भएको कुरा वक्ता प्रकाश आङ्देम्बेले बताए ।

त्यसैगरी अर्का वक्ता शितल कादम्बिनीले ‘राहुलका गजलहरु समकालीन नेपाली गजलको दुनियाँमा एक उत्कृष्ट गजल कृतिको रुपमा प्रकाशित भएको’ बताइन् ।

कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न विमोचन कार्यक्रममा उक्त कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गरेका थिए ।

०००
शेष आङ्देम्बेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x