साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

कहाँ छन् हाम्रा सीमाहरु हाम्रा जरा हाम्रा लक्षहरु ? धेरैवटा परिवर्तनहरु फूल लाएर आए धेरैवटा परिवर्तनहरु ढुङ्गा खाएर गए तर परिवर्तनलाई नै परिवर्तन गर्ने काेही आएन ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

माझ बजारमा उभिएर हामी के पर्खीरहेका छाैं ?
तिनीहरु आउँदैछन्
कुम हल्लाउँदै कुर्कुच्चा उचाल्दै
केही थान मान्छेहरु प…..र कुुनामा
कालाे झण्डा देखाउँने तयारी गर्दैछन्
केही थान मान्छेहरु वर
राताे तुल सजाउँदैछन्
केही थान मान्छेहरु गालीकाे निम्ति
शब्द चयन गर्दैछन्
सकेसम्म गाली मर्मान्त बनाेस
कतै श्लिल कतै अश्लिल ।
हामी पर्खिरहेछाैं
आफ्नु रुप परिवर्तनको हाेसै नराखी पर्खिरहेछाैं
कसरी अरुहरुकाे तेजाेबध हुन्छ
कसरी हाम्राे सरापले त्याे पछारिन्छ
त्यसकाे मृत्युको कामना गर्दै हामी जिन्दावाद भन्दैछाैं
हामी आफूलाई बचाउन त्यसलाई मूर्दावाद भन्दैछाैं ।
समयकाे दागा धरेर
समयलाई नै धारे हात गरेर
असमय समयलाई कुरीरहेछाैं
असन्तुष्टिकाे धारिलाे बसिला चलाएर
समय तिखार्ने बहानामा समयलाई नै मठुरीरहेछाैं ।
बगिरहेको पैतालामुनिकाे समयले
बारम्बार कुत्कुति मात्र लगाउँछ हामीलाई असन्तुष्टिकाे सिर्कनाले
दुखाएका विश्वासका घाउहरु
फाल्तु सहमतिमा चहर्याइरहन्छन्
हामी आफ्नु चेतनाबाट टाढा छाैं कि नजिक
कहाँ छन् हाम्रा सीमाहरु हाम्रा जरा हाम्रा लक्षहरु ?
धेरैवटा परिवर्तनहरु फूल लाएर आए
धेरैवटा परिवर्तनहरु ढुङ्गा खाएर गए
तर परिवर्तनलाई नै परिवर्तन गर्ने काेही आएन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x