साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोकाएका मुसाहरु

घरभित्र ठाउँ नपाउँदा केही विराला रुझेका जस्ता छन् । मुसा भिजेका जस्ता छन् । र अनौठो एकता गर्ने कसरथमा छन् । रुझेका र भिजेका मुसा र बिरालाहरूको चाँडै एकता होस् । एकता मैं वल हुन्छ ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

मुसाहरु भोकाइ रहेका हुन्छन् । भोकाएका मुसाहरूले के के काट्छन् नभनेर के के काट्दैनन् भन्दा उनीहरु प्रति न्याय गरेको ठहर्दछ, भन्ने मेरो ठर्हछ ।

मुसाले पूजाको तार ,पानीको जार काट्छन् । त्यसोत क्यामेराको तार, श्रीमती लाने जार नकाटेका पनि होइनन् । भोकाएको पेटले पाप र धर्म मान्दैन भन्ने पुरानो भनाइ गनाइ सकेको पनि छ । भोकाएका मुसाका निम्ति गनाएका बस्तुप्रति आकर्षण अत्यधिक हुन्छ । भोकाएकाहरुका पेटमा मुसाहरु, दौडिन्छन् । भोकाएपछि खाने नखाने, लिन हुने नहुने भन्ने केही हुँदैन। लाज, शरम, धिन, डर बाँकी केही नरहे पछि स्वच्छन्द भइन्छ ।

अहिले मानिसहरूकै समाजमा पनि त हुलका हुल मानिसहरु स्वच्छन्द नाचिरहेका, स्वच्छन्द हाँसी रहेका छन् । भने मुसाको के कुरा। त्यसोत सबै प्राणीलाई मनपर्ने भनेकै स्वच्छन्दता हो।

समाजमा अहिले मुसाको ठुलो स्थान छ। किनभने हामीसंग मुसाले खाने मोटो ,मसिनो धान छ । धानको विशाल घान छ। मिठोमिठो घानमा मिसिन जो पनि चाहन्छ । मुसा खासखास मान्छेका भित्र र बद्मास मान्छेका मित्र हुन्छन् ।

रुँदै बसेका जालमा फँसेका आफ्ना मितलाई जाल काटेर बँचाएको, निदाएको वनको राजा सिंहको जगर काटेर नगर हँसाएको. मुसाको कहानी सुनेका मनुवाले उसको खुबीको तारिफ नगरी रहन सक्तैन । चितुवा दौरेको देखेर दौडिन र माछा पैौरेको देखेर पौिरन सिकेको हो मान्छेले । सुरुङ मार्गमा भुरुङ खेलेर मानिसलाई आधुनिक युगमा प्रवेश गराउने काम वैज्ञानिक, इन्जिनियर मुसाबाटै भएको अनुमान गर्न सकिन्छ ।

पहाड खनेर खनिज पत्ता लगाउने काममा बेपत्ता कुशल मुसाहरु नै हुन्छन् । बुद्धिमान मान्छेले पहाड खन्दा केवल मुसा मात्र भेटाउँछन् । “खोदा पहाड निकला चुहा “ त्यसै भनिएको होइन

तामा टुसा, घरघर मुसा ।
भकारीको धान पार्दछन् भुसा ॥

यो बाल कविता हो। हामीले बालक कालमा सुनिआएको। घरका स–साना मुसालाई “डुकुरे “ मुसा भनिन्छ । हो यिनै घर–पालुवा मुसाले “ माउजङ बाबुसाहेब“ को कोट काटेर चोट पुर्याएको थियो। यिनले के के काट्छन् के के काट्दैनन् भन्ने नै हुँदैन । घरका भान्सेले राज्यका मान्छेले, जतनले राखेका कुरा,हराएको, काटिएको, जुठो पारिएको, अन्तै सारिएको हुन्छ। त्यो कुरामती काम मुसाकै हुन्छ । तर यहाँ “धान खाने मुसो हुन्छ भने चोट पाउने भ्यागुतो “भैराखेको थियो र अद्यपि छ।

सरकारी गोदामको, भन्सारको ,मान्छेका धन्सारको धान र धन काटकुट, चाटचुट, लाटलुट पार्ने काम तत्तत् क्षेत्रका मुसाहरूकै हो।
मुसा मान्छेका परम मित्र हुन्छन् र त मान्छेका निकट बस्न रुचाउँछन् । मुसाले घर खेत, खलिहान फोहर पारे, डुन्डुर थुपारे भन्नु चोरले चोरको खुट्टा देख्नु जस्तै हो। हाम्रा घर, चोक, गल्ली, सडक, अफिस कार्यालय वा तपाईं र म आफै पनि कत्तिको सफा छु , छौँ ? आफैलाई सोधे हुन्छ । मुसाको कामै कतरकतर काट्ने, यताको सामान उता ओसार्ने हो । अर्काको रित्याउने र आफ्नो भण्डार भर्ने हो । असमर्थ मान्छेले मात्र अर्काको विरोध गर्ने हो। उनीहरूले त आफ्नो काम व्यवस्थित ढंगले दिनरात नभनेर गरिराखेकै छन् ।

धान हरायो, धन हरायो, विल, बिलभित्र गयो, भन्नु सरासर गलत कुरा हो। किनभने वर्षामा राखेको हिउँदमा सुख्छ । अन्नपात चरा सुसाले खान्छ भन्ने कुरा नजन्ने कोही पनि छैन । अर्कोकुरा आफ्‌नो सामानको रक्षा आफै गर्नु होला भनेर सार्बजनिक सूचना हरेक यात्रु वाहक बसहरुमा पनि लेखिएकै हुन्छ । “आफ्नो थैलीको मुख बलियो गरेर बाँध्नु अरुलाई दोष नदिनु” भन्ने कुरा कसले पो जानेको छैन र ?

यो मौसम तीर्थाटन गर्ने मौसम हो। धर्मकर्म गर्ने काम धर्मभीरुले गर्छन्‌न । अहिले घरबार र दरबारका हुकुरे मुसाहरु नाथ नपाएर अनाथ हुन पुगेजस्ता देखिदै छन् । त्यसको कारण के हो भने ठुला मुसाहरु तीर्थ गर्न गएर हो। भनाइ नेै छ “सौ चूहा ले के बिल्ली चली हज करने”। भोक लाग्दा खाना खान नपाए पछि मुख चलाउनु पर्यो । नाना भए पनि टोक्नु पर्यो। दाना पाए बोक्नु पर्यो । नत्र दात ठुलो हुन्छ ।

मुसाहरु दूरदर्शी हुन्छन् । र त भावि सन्तान दरसन्तानलाई दर खान तर मार्न पुग्ने सम्पत्ती थुपार्दछन् । यिनीहरु दयालु र मायालु पनि छन् । त्यसैले आफ्ना आसेपासे, ढुकुवा गासेलाई भागविलो लगाउँछन् । मुसाहरु बलशाली हुन्छन् । त्यसै भएर मुसाबाट जंगलका राजाको सिंहासनमा बस्न सक्ने खुबी मुसामा छ। मात्र त्यो दारीवाला जोगीले “पुनर्मुसीको भब” नभनेको भए मुसा जति सिंह नै बनेका हुने थिए ।

अर्को कुरा हात्ती सुडे, ठुलो भँुंडे गणेश र कुमारको प्रतिश्पर्धामा गणेशलाई जिताउने अनि कुमारलाई बिताउने काम बहान बनेको मुसाको नै हो। त्यसैले गणेशजीको सर्वप्रथम पूजा हुन्छ, गरिन्छ । हामीले धेरै काम गरेर दाम र नाम कमाउनु भन्दा गणेश प्रवृत्तिको अनुशरण गर्ने हो भने ठुलै पदमा गइन्छ। रातारात मालामाल भइन्छ । यो सूत्रको सुत्राधार मुसा नै हो। समाजमा गणेश प्रवृत्ति अपनाउनेहरूको सधै जयजयकार हुन्छ । भलै भुइँमान्छेमा बेकार भएको किन नहोस ।

मुसा र छुचुन्द्रा एउटै वर्गका र एउटै वर्णका भए पनि उत्तीहरूको काम गराई र मानो भराई अलि फरक हुन्छ । छुचुन्द्राले जुन कुरा छुन्छ–त्यो गनाएर छुन नसकिने हुन्छ। कुरा ओसार्ने, कुरा दोचाने छुचुन्द्राहरुको काम हो। यसलाई छुचुन्दे्र प्रवित्ति भनिन्छ।
यहि प्रवित्तिले धेरै मानिसको जिउने वृत्ति चलेको हुन्छ। छुचुन्द्रे लस्करको दिग्विजय हुनु सौभाग्यशालीको लक्षण हो। कुख्यात तस्कर भए पनि छुचुन्दे्र लस्करमा मिसिन जाने हो भने उसलाई श्रेयस्कर हुन्छ । उ विख्यात बन्दछ । राजाबाट रैती, रेैतीबाट कैदी बनाउने काम छुचुन्द्राहरु केै हो। कसैको योग्यताको अंक घटाउन, कसैको बढाउन, काट्न र छाँट्न, हराउन–भेटाउन, जिलाउन र मिलाउन सक्ने हैसियत हुन्छ छुचुन्द्रामा ।

अक्कड थाप्ने लालबुझक्कडहरुले मुसा वर्गलाई हियाएर “मुसा जतिसुकै छिटो दौडेर पहिलो भएपनि मुसा ,मुसाको मुसा नै रहन्छ, भन्नु व्यत्ति युक्ति संगत होइन । किनभने “कस्ता कस्ता कहाँ पुगे मुसाका छोरा दरवार” भन्ने उखान त्यसै चलेको होइन । यो सूर्यले एक दिनमा पृथ्वीको परिक्रमा गरेजत्तिकै सत्य हो।

मुसा पनि धेरै प्रकारका हुन्छन् । सबैको व्याख्या गर्न चतुर्मुख भएका ब्रह्माले पनि सक्तैनन् भने म जस्तो लोइरोले मुसाको खोइरो खन्न के सक्नू । तैपनि जानेजति बखान गरिहालूँ।

घरका साना मुसा, डुकुरे, खैरे, काले, खेतका, भाले, पानीका, बन जंगलका, डम्सी, पान्तु, गोठाले न्याउरे आदि । यी सबैका आ–आफ्‌ना क्षमता र विशेषता छैन। सबैका बारेमा वर्णन सुकदेव स्वामी भएका भए नैमिषारण्य क्षेत्रमा सप्ताह पुराण लगाउँदा हुन् ।
मुसा देख्नका डाल र खानका काल हुन्छन् भन्नु उचित होइन । यी भोकाएका हुनाले भण्डार ताक्ने, मिठो चोखो चाख्ने हुन्छन् । अहिले ढाडे बिरालाको हुँकारले त्रसित छन् मुसाहरु ।

घरभित्र ठाउँ नपाउँदा केही विराला रुझेका जस्ता छन् । मुसा भिजेका जस्ता छन् । र अनौठो एकता गर्ने कसरथमा छन् । रुझेका र भिजेका मुसा र बिरालाहरूको चाँडै एकता होस् । एकता मैं वल हुन्छ । यो धर्ती सबैको साझा हो । भोकै मर्न कोही पनि हुँदैन । भोकाएकाहरुको पेट भरियोस् । विषको प्रयोग र खोरमा राख्न प्रतिबन्ध लगाइयोस्‌् ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x