साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन

कारावासमा थुनियो कसलाई मुक्त गर्न नियम मिचियो यस्तै छ देशमा हुने आन्दोलनको कहानी बद्नाम हुन्छन् गर्छन् अञ्जान बनेका उनै अनुहार जानिजानी।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

दिनानुदिन हुन्छ आन्दोलन
मेरो देशमा लगातार संघर्ष
भनौँ त कुन पुस्ताले चलाएनन्
आन्दोलन
कहिले राणाको बिरोधमा चल्यो
कहिले राजाको बिरूद्धमा
कहिले भ्रष्टाचारको बिरूद्धमा
चलाए आन्दोलन
चल्दै छ निरन्तर आन्दोलन
रात नभनि दिन नभनी
उब्जिरहन्छन्
संङ्घर्ष का श्रोतहरू
जन्मिरहन्छन् देशको आँगनीमा
निरन्तर ज्वाहारभाटाहरू
विकाशको नाउँमा
बन जङ्गल फँडानी भयो र सकियो
खोला नालाहरू पनि सकिए
आज महल त होइन तर
घरहरू पक्की बनेका छन्
तिीसुख्खा बगरहरूमा
गिट्टी र बालुवा भेट्टिँदैन अब
मेर देशका ती बगरहरू
भासिंदै गएका छन्।
उत्खनन् भएर पहाडमा
ढुङ्गाको रास काला सेता
देशको सम्पत्ती सस्तैमा
सबै विक्री भएका छन्
तर कस्को खातामा छ धन्
कसैलाई थाहा छैन
कसले दियो ठेक्का
को बनेको छ ठेकेदार
बिरोध गर्नेहरू गरेकै छन्
भ्रष्टाचार गर्नेहरू गरेकै छन्
दिनदिनै हुन्छ आन्दोलन
अनि मर्छन् होनहार युवा
भ्रष्टाचारको बिरोध गर्दागर्दै
स्वास रोकिन्छ नागरिकको
यस्तै यस्तै छ के भनौँ
मेरो देशको कथा र व्यथा
कसैले सम्विधान बनाउन
आफ्नो बलिदान दिएको हो
कसैले सम्विधान
च्यात्न अरूको बलि चढाए
कथा भित्रको कथा
प्रष्टै छ तर बुझ्न गारो छ
रहश्यमय देखिन्छ।
आन्दोलनको उठान
नियम मिचेको थियो उसले
कारावासमा थुनियो
कसलाई मुक्त गर्न
नियम मिचियो
यस्तै छ देशमा हुने
आन्दोलनको कहानी
बद्नाम हुन्छन् गर्छन्
अञ्जान बनेका उनै
अनुहार जानिजानी।

०००
दाङ घोराही १८
१३-०९-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x