साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाेर

ठ्याक्कै यही चोरको हालत नेपालका राजनीतिक पार्टीमा देखिएको छ ।

Nepal Telecom ad

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो – “हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !”
मैले भनेँ – हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो। अर्को स्टेशनमा त्यो अपरिचित झर्यो । त्यसपछि मैले खै के झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग चकराए झैँ भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ ।

केही दिन पछि मैले त्यो चोरलाई बजारमा भेटेँ । चोर मलाई अँगालो हालेर रुँदै भन्यो – हजुर ! मलाई माफ गर्नुस् ! हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमति र छोरी एकाएक मरे । सायद मैले चोरी गरेको पापले हो कि ? माफ गर्नुस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।
उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेराो कमिजको खल्तीबाट फेरि पनि सबै पैसा चोरेर लगेछ ।

केहि दिनपछि म काम विशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । चोरले फेरि पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । त्यसपछि त्यो चोरले मलाई नजिकैको होटलमा लग्यो, मलाई चिया नास्ताको व्यवस्था गरिदियो अनि विदा माग्यो र निस्कियो। खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चोरको हालत नेपालका राजनीतिक पार्टीमा देखिएको छ । सोझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !

म पुरै बेरोजगार हुँ। अनि यो कमेन्ट पढ्ने मान्छे तपाईँ पनि पुरै बेरोजगार भएर नै पढेको हो। 😁😁😁 धन्यवाद

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x