साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेठमै देउसी खेल्ने वरिष्ठ देउसेहरू

कुलिङ पिरियड हटाउन यो लाजमर्दो देउसी बन्द गर्नुहोस । गर्नेलाई भन्दा देख्ने हामीलाई लाज भैसक्यो ।

Nepal Telecom ad

मुख्य सचिव हुन कि ट्रेड युनियनको नेता ? जिन्दगीभर सरकारी जागिर खाएर पुगेन रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर यत्रो विधी घरदैलो नगरेको भए हुने । सचिव पदमा पुगेका अधिकांश तपाईहरु चप्पल पड्काउँदै आउनु भएको हो, गाउँबाट । यो काठमाण्डौ खाल्डोमा के के जोड्नु भयो ? सम्पति कति वैद्य कति अवैध तपाई आफैलाई थाह छ ।

शारीरिक रुपमा थकित, मानसिक रुपमा स्खलित तपाईको जीर्ण शरीरलाई फेरि अर्को नियुक्तिका लागि तनाव नलिनुहोस । पदमा रहँदा सित्तैमा आउने सुविधा तपाई आफुले त लिनुभयो नै, सरकारी सेवामा रहेका घरपरिवारका सदस्य देखि नातासम्बन्धका सबैलाई पुरयाउनु भयो एक कल फोनको भरमा ।

पेन्सनले नपुगेर भोकले मर्ने नै अवस्था हो भने रिटायर्ड भएको भोलिपल्ट सिंहदरबारको दक्षिण गेट आसपासमा मकै पोल्ने, चिया बेच्ने, कफी शप चलाउने देखि गाउँमा गएर सुन्तला खेती गर्नेसम्मका अनेक विकल्प बाँकी छन, महोदय । धेरै नै जाँगर चल्यो भने ठेलामा हार्पिक बिक्री गरे नि हुन्छ । नेपाली गाउँमा कृर्षिको प्रचुर संभावना छ । रित्तिएका गाउँमा फेरि एकपल्ट पञ्चेबाजा घन्काएर परिक्रमा गर्नुहोस । बिर्सर्नु भएको छैन भने देश बाढीको बितण्डामा परेको बेला गृह नगरको स्वागतमा घन्किएका पञ्चेवाजासंगै हिड्नु भएको थियो नि । हो, त्यसैगरी गाउँमा कुल हुनुस । बुढेसकालमा कति हट हुनु ।

त्यति गर्दा आम मानिसले कसरी जीविकोपार्जन गरिरहेका छन भन्ने राम्रो अनुभव पनि हुन्छ ।

जे गर्दा देश बन्छ भन्नुहुन्छ नि अहिले जनताको करमा किनेको कुर्सीमा बसेर गाउँमा गएर त्यही गर्नुस । छोराछोरी बिदेशमा सेटल भइसकेका छन भने पनि उतै हराउनुस । तपाई नभएर देश डुब्नेवाला छैन । बरु, राम्रो नै हुन्छ तपाईजस्ता रिटायर्डको अनुपस्थितिमा पनि ।

कुलिङ पिरियड हटाउन खोजे उद्योग सचिवबाट रिटायर्ड भएको भोलिपल्ट निजी व्यापारिक घरानाको नोकर हुन जाने परम्परा दोहोरिरहन्छ । आफैले राज गरेको गैरसरकारी संस्थाको निमुखा कर्मचारी हुनुपर्छ । अवकाश पछि केही वर्ष जागिरको मेलोमेसो मिलाउने लोभमा सम्झौता गरेर अनुचित काम गर्ने लत लागिरहन्छ ।

जीवन धान्न नै नसिकने भए गो फण्डमा क्राउड फन्डिङको पहल गरौला, सचिव महोदय । क्राउड फण्ङिमा शून्य रकम जम्मा भएपनि प्राण धान्न पशुपतिका धर्मशाला छँदैछन् । कुलिङ पिरियड हटाउन यो लाजमर्दो देउसी बन्द गर्नुहोस । गर्नेलाई भन्दा देख्ने हामीलाई लाज भैसक्यो ।

०००
-भद्र शर्मा (सामाजिक सञ्जालबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x