फित्काैली डटकमनेपाल स्रष्टा समाजकाे स्रष्टा दर्पण सार्वजनिक
स्रष्टा दर्पणको वर्ष १९,पूर्णाङ्क ३२ सार्वजनिक गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले स्रष्टा दर्पणको नयाँ अङ्क बिहिवार सार्वजनिक गरे ।

काठमाडाैं, २०८२ जेठ ८ । नेपाल स्रष्टा समाजले स्रष्टा दर्पण सार्वजनिक गरेको छ ।
नियमित रुपमा अर्धवार्षिक रुपमा प्रकाशन गरिदै आएको स्रष्टा दर्पणको वर्ष १९,पूर्णाङ्क ३२ सार्वजनिक गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले स्रष्टा दर्पणको नयाँ अङ्क बिहिवार सार्वजनिक गरे ।
यसमा २४ जना विभिन्न कविहरुका कविता,१० जना निबन्धकारहरुका निबन्ध, ७ वटा नियात्रा,कथा १,लघुकथा ३,नाटक १,गीत २,रचनागर्भ १,संस्मरण १,लेख ३ तथा ३ मुक्तककारका मुक्तकहरु समावेश गरिएको छ ।
यसैगरी यसभित्र वरिष्ठ संस्कृतिविद् हरिराम जोशीको महत्वपूर्ण अन्तवार्ता राखिएको छ।
नेपाल स्रष्टा समाजका नियमित गतिविधिहरुको संक्षिप्त जानकारी,समाजले प्रदान गर्ने पुरस्कारहरुको परिचय समेत समावेश छ ।
स्रष्टा दर्पणका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन हुन् । कार्यकारी सम्पादकको जिम्मेवारी डा.शान्तिमाया गिरीको रहेको छ ।
०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest




































