साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार पुस्ताले गरे सुमन थापाकाे कृति ‘अभ्युदय’ को लोकार्पण

चर्चित कवि र साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरु बढी भएको बताए ।

Nepal Telecom ad

काठमाडौं, २०८२ जेठ ९ । कवि सुमन थापा सङ्गमको कविता सङ्ग्रह अभ्युदय लोकार्पित भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा कविका ८४ वर्षका पिता सहित छोरी र नातिनातिनीह समेतले उक्त कृतिको लोकार्पण गरे ।

अभ्युदयकी कवि सङ्गम आफैैले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधिमूलक महानुभावहरुको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाएकोमा आफ्नो लागि खुशी मिलेको बताइन् । यो भन्दा खुशी मेरो लागि के छ र उनले भनिन्।

चर्चित कवि र साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरु बढी भएको बताए । उनले भने प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम, प्रेमीप्रेमिकाको प्रेम,देशप्रेम, पशु र प्राकृतिक चिजवस्तुहरु माथिको प्रेम कविताहरुमा छरिएका छन् ।

कविका कविताहरुमा उनका मनका पीडाहरु आएका छन् भन्दै डा.श्रेष्ठले कविताहरु स्वच्छन्दवाद,नीजात्मक, आशा र निराशाहरु पोखिएका प्रतिकात्मक चेतका भएको आफूले पाएको बताए । उनले अगाडि भने सुन्दर र मिहिन ढंगले कवितले प्रतिक र बिम्बहरु खेलाउनुभएको छ । सुख दुख अभिव्यक्तिको माध्यम कवितालाई बनाएर कविता लेख्नुभएको छ । कविता मनदेखि पढ्यो भने पाठकलाई भावुक बनाउँछ ।

यसअघि कवि सङ्गमकी छोरी समिक्षा के.सी.ले उपस्थित सबैलाई स्वागत गर्दै भनिन् ममिको खुशी शेयर गर्न उपस्थित हुनुभएका सबै आदरणीयजनहरुप्रति हार्दिक आभारी छु । सबैको माया,साथ र सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्दछु ।

अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की, रमी प्रिया, विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले अभ्युदयभित्रका कविताहरु बाचन गरे । कवि सङ्गमले आफ्ना केही थान कविता सुनाएर कार्यक्रमको समापन गरिन् ।

यस अघि उनका माइतीघरको फूल(कवितासङ्ग्रह) र प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह) प्रकाशित भैसकेका छन् ।

०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x