साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ला वृद्धाश्रम मुलुक यो

नेपालीको श्रम र पसिना देशमा नै नलाए माटो पुज्ने प्रणय रसको गीत नौलो नगाए अर्काको नै मुलुक गतिलो हो सधैँ भन्नथाले बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

यो नेपाली अनुपम थलो कर्म-शाला बनाए
स्वर्गै हुन्थ्यो मुलुक सबले देशकै गीत गाए
धाई अर्कोतिर सबल त्यो उर्लिँदो बैँस गाले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥१

मौलाएको न कृषि छ कतै खुल्छ उद्योगधन्दा
गर्नेलाई पनि विविध छन् विघ्नबाधा र फन्दा
आफ्नै धर्ती बिच प्रगतिको दीप नौलो नबाले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥२

रित्तो पार्‍यो मुलुक अहिले रेटिँदा तस्करीले
पैसा राख्ने पर मुलुकमा दाउछोपे अरीले
सामन्ती यो रगगज ठुलो ध्वस्तपारी नफाले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥३

नेपालीको श्रम र पसिना देशमा नै नलाए
माटो पुज्ने प्रणय रसको गीत नौलो नगाए
अर्काको नै मुलुक गतिलो हो सधैँ भन्नथाले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥४

छायामा छन् सबतिर हरे स्रोत आफ्ना परेका
बाठाटाठा खल मनुजले मात्र पेवा गरेका
फाली थोत्रो नव प्रगतिको सोच नौलो नपाले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥५

ढाक्यो है शोषण जलनको रापले देशलाई
बाँच्ने हाँस्ने पल अब रचौँ दर्द सारा भगाई
जाग्ने बेला सब जन भयो हुन्न है मौनताले
बन्ला वृद्धाश्रम मुलुक यो देश छोडे युवाले॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x