साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान

प्रतिष्ठानको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनमा भएको उद्घाटन कार्यक्रममा सल्लाहकार रत्नकला घिमिरे र अध्यक्ष पुण्य घिमिरेले संयुक्त रूपमा भट्टलाई सम्मान प्रदान गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ । चेरब स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं लघुकथाकार पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान–२०८२ प्रदान गरेको छ ।

प्रतिष्ठानको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनमा भएको उद्घाटन कार्यक्रममा सल्लाहकार रत्नकला घिमिरे र अध्यक्ष पुण्य घिमिरेले संयुक्त रूपमा भट्टलाई सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा आशिष खनाल, सञ्जय लसोती, डा. तीर्थ भट्ट, निर्मणरमण पराजुली, श्याम श्रेष्ठ, भोजराज रेग्मी मुखाले, भानुभक्त न्यौपाने, केदार वाशिष्ठ, पदम खनाल, मधुश न्योपानेले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईले शोकलाई शक्तिमा बदल्ने कार्य प्रतिष्ठानले गरिरहेको बताउनुभयो । यसै गरी अध्यक्ष घिमिरेले बाढीपीडितसँग समन्वय गरी प्रतिष्ठानले समयानुकूल सुरक्षासम्बन्धी कार्यक्रम र सामाजिक सेवा अगाडि बढाउने जानकारी दिनुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x