साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोजी

जब दोकान, बिल, स्कुल फिस, ग्यास दोकान, राशन भरेर महिना भरिको लागि रित्तो हुन्छ तब मलाई लाग्छ विश्व बजारमा गोजी खाली हुनु जस्तो पाप केही छैन।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

गोजी हुँदै नहुनु भनेको रित्तो हुनु हो।गोजी भएर पनि चुहुनु भनेको गोजी नै खाली हुनु हो।
गोजी बलियो राख्नु अरूलाई चोर नलगाउनु भनेको पनि थैलो नभएपछि गोजीमा कुरा पुर्‍याउनु जस्तै हो। गोजी छ र नै संसार लुकाउन सकेको छ।

बित्थामा कुर्सीलाई दोष दिएर नेतालाई कुर्सीमा जोड्नु पनि ठिक होइन।यदि गोजी नै खाली भए कसले दिन्छ र कुर्सी।गोजी टाईट हुनुपर्छ कुर्सी, फुर्ती सबै एकै साथ पाइन्छ।

गोजीको महिमा गर्नु बसेको आज यो गोजी र पेट पनि जहिले एउटै लाग्छ। गोजी कहिले भरिन्दैन, पेट पनि उस्तै छ, बिहान खायो बेलुका भोक लाग्छ। कहिले सोच्छु ऋषिमुनिहरू कसरी तपस्या बस्छन् होला। मलाई त दुई घण्टा मुखमा केही हाल्न पाइनँ भने कम टेन्सन लाग्छ। केही खाने भेटिएन भने गुटखा खाएर भए पनि मनलाई शान्त पार्नु परेको छ। खानु पाए त म पनि स्कुल, कल, नल, भनौं न बजट नै निल्ने थिए होला तर मौका पाएको छुइनँ र मात्रै ……

खाना पाउँदा कसले पो छोड्छ होला ? मिलाएर खानुपर्छ । सरकारले चाल नपाई अफिसमा भएको सबै स्टाफमा भाग लगाएर खानुपर्छ। दूधले धुएको हरिसचन्द्र त को पो छ होला ? मौका पाए सबैले चौका हान्ने युगमा छौँ। गरिबी कसलाई मन पर्छ होला र?मिलाएर गोजीमा आँटनेगरि खानुपर्छ।

कस्तो लेखक हो यो बग्मफुस्रे भनेर सोच्नु बाध्य हुनुभयो होला है तर के गर्नु यहाँ जुनै काम पनि नगर्नु भन्नुहुन्छ। त्यहीँ काम गरिन्छ। जहाँ जानु मनाही गरिन्छ त्यहीँ जाइन्छ। जहाँ थुक्नु मनाही गरिन्छ त्यहीँ थुकिन्छ। नखानु भनेको कुरा पहिला खाइन्छ किन कि हामी यस्तै शहरमा बसेका छौँ। मनाही त्यहीँ कुरामा गर्नुपर्छ जुन कुरा मनाही हुनु सक्छ। यहाँ गोजीमा ठोस्ने कुरा आउँदा कसैलाई मनाही गर्नु सकिन्छ होला र ?

एकछिन सोच्नु त यो गोजीमा के चै अटाउँदैन र ? मोबाइल, रूमाल, पर्स, चुरोट, खैनीको डिब्बा, गुटखा, हतियार,भनौं न संसार नै आट्छ। राम्रो कुरा आजकल अटाउनु साह्रो छ जस्तै पेपर, किताब, कलम…. आदि इत्यादि। मेरो विश्वास नलागे तपाईं आफ्नो गोजी छाम्नु मैले भनेको कुरामा एकदुई वा सबै नराम्रो कुरा अटाएको छ होला। गोजीको जसले परिकल्पना गरेर बनाए उसले गोजीमा राम्रो कुरा राख्न नै बनाएको हो। जसरी ईश्वरले संसार सृजना गर्दा राम्रो कुरा मात्रै दिएका थिए अरे… हुनु त मैले अरे भनेर रचनालाई बिट मार्नु खोजेको होइन, तर सृष्टिको सृजना कैयौं युग अघि भएको हो अब सृजनाको इतिहास मलाई पनि सुनेको भरमा कुरा गर्दा अरे भन्नु मजबुरी भएर नि… जे होस् ज्ञान विज्ञानको कुरा आउँदा अलिक तर्केर बसेको राम्रो! सृष्टिको सृजनाको कुरा विज्ञानले आफ्नो तर्क दिन्छ इतिहासले ।

अर्को…म जस्तो टुङ्गो न फेदको गोजीको सृजना किन भयो त्यो थाहा नहुनेलाई यत्रो पृथ्वीको सृजना बरे के नै पो भन्नू सक्छु र ? तर आजकल यो मिडिया आएपछि त जता पनि टेन्सन नै छ ? पहिला पहिला मिडिया आउँदा सत्य अनि तथ्य कुराहरू लेख्थे, देखाउँथे आजकल मिडियाले जे पनि लेख्छ, देखाउँछ, जनताले सत्य वा तथ्य कुरा पो उल्टा खोज्न परेको … अब यस्तो आपतमा मैले गोजीको इतिहास लेख्न खोजे मिडिया भन्दौंहरूले काखी चेप्ने कि छाती समाउने हो भनेर कति कुरा टेन्सन छ। गोजी टाइट हुनुपर्छ। चुहुनु मात्रै थाले आजको दिनमा बिस्तारै साथी भाइ हराउँछन् त्यसपछि आफन्त…।

गोजीलाई समाल्न नसक्नु भनेको बिस्तारै आफन्त गुमाउनु हो। गोजी भरिएको मात्रै होस् नचिनेका आफन्त पनि दुरबाट नै साइनो जोड्न आउने ठाउँलाई संसार भनिन्छ।

खासै भन्नु पर्दा नेपाली शब्दकोषमा खल्ती भने पनि हाम्रोतिर गोजी भनेर चिनिन्छ, यो गोजी पनि दुई प्रकारको हुन्छ चोर गोजी अनि साधारण गोजी… ।

साधारण गोजीको महिमा माथि गरे पनि खासै साधारण गोजीमा हामीले ठूला ठूलाे (ब्ल्याक मनि) कालो पैसा लुकाउनु सक्दैनौं। तर चोर गोजीको कुरा गर्नु पर्दा पेन्टकोभित्री भागमा बनाएको गोजीलाई चोर गोजी भनिन्छ। जसको काम हो चोरेको कुरा लुकाउने ठाउँ ।अचम्मको छ गोजी, सोचेर सोच्नु नसक्ने…कहिले चोर गोजी भएर आउँछ कहिले खाली..!
चोर गोजीले ठुल्ठुला सरकारी भवन, पुल, नल, खोला, बालुवा, ढुङ्गा सबै अटाउने गर्छ।साधारण गोजीमा गुटखा, पान ,सिग्रेट,अटाउनु पनि साह्रो हुन्छ।

खाली गोजी लिएर बजार निस्कनु होस्।खाली गोजीले विश्वको स्कुलले सिकाउनु नसकेको पाठ सिकाउँछ। खाली गोजीले संघर्षको नयाँ कथा लेख्न सिकाउँछ।खाली गोजीले सबै आफन्त चिनाउँछ। खाली गोजीले गन्तव्यको बाटो देखाउँछ। गोजी छ र नै ब्रमाण्ड अटाउनु सकेको छ। आँसु लुकाउने रुमाल यहीँ गोजीमा छ। हाँसो बढाउने खुसी (पैसा) यहीँ गोजीमा राख्न सकेको छ। विश्व हलाउने सक्ने तागत यहीँ गोजीमा छ। गोजी भरि होस् घर नै स्वर्ग हुन्छ केवल गोजी खाली होस् घरभित्र नै महाभारत हुन्छ। गोजी नभएको पेन्ट त नि मान्छेको शरीरको नाक कि मुख नभएको बुच्चे जस्तो देखिन्छ। यहीँ गोजीको तागतले नै आज विश्वासमा प्रसिद्ध भएको छ।कला र गलाको सम्मान पनि आजकल गोजी हेरेर दिन्छ।

कलाकार, साहित्यकार आदिले समाजलाई के दिन्छ भन्ने समाजमा हामी जन्मेका छौँ। समाजलाई जसले मोटो गोजीबाट निकालेर दिन्छ उसलाई समाजसेवक भनेर उपाधी दिएर मञ्चमा आसन दिन्छ। यहाँ कला र गलाको सम्मान पनि गोजी हेरेर दिन्छन्, यो हात र गोजीको तालमेल मिलाउनु जानुपर्छ।

प्रशासन, पुलिस, अफिस, आदिमा जानु कुनै काम गर्नु भन्दा पहिला नै गोजी छाम्नु लगाउँछ। गोजी रित्तो जस्तो होस् न गेटकिपर नै सबै भन्दा पहिला चट्टान भएर खडा हुन्छ भित्र पस्नु त साह्रो होइन गाह्रो पर्छ। गोजीले सबै काम मिलाउँछ। पैसा केही होइन भनेर मादल बजाउनेले एक पटक सब्जी बजार घुमेर घर पुग्दा थाहा हुन्छ। टमाटरको भाव सुनेर गोजी छाम्नु मात्रै पर्छ टमाटर भन्दा धेरै रातो त आफ्नै गाला हुन्छ दाम सुनेर… तब भन्नुहोस् त पैसा केही होइन र ? यो गोजीमा बस्ने पैसा जतिको पावरफुल त के चै छ होला संसारमा ? यताउता खै के के सम्झेर, बुझेर यो गोजीको चर्चा गर्नु पर्दा त गोजी नभएको ठिक …. गोजी नभएपछि देशमा कालोधन सेतोधन कता कता छ छर्लङ्ग हुने थियो, तर यो गोजी बनाउने वा यसको परिकल्पना गर्ने व्यक्ति पनि समाजको छलिया पो थियो कि जस्तो लाग्छ….

जे होस् यो गोजीले अरूलाई नाफा नोक्सान जे जस्तो दिए पनि मलाई चै फाइदा नै दिएको छ। कहिले खाएको मिठाइको कबर राख्न त कहिले महिना भरि मेहनत गरेको पैसा एकदिन भए पनि राख्न मिलेको छ। जब दोकान, बिल, स्कुल फिस, ग्यास दोकान, राशन भरेर महिना भरिको लागि रित्तो हुन्छ तब मलाई लाग्छ विश्व बजारमा गोजी खाली हुनु जस्तो पाप केही छैन।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x