साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनुष्यः लघुपुराण

निजको सानका लागि मार हान्न तयार छ स्वार्थसिद्ध हुँदा मान्छे शत्रुकै मतियार छ ।। भनी लेखेर के सक्नु मान्छे र उसको मति गुण दुर्गुणका गाथा मान्छेका कति छन् कति ।।

Nepal Telecom ad

हाेम सुवेदी :

हिजो भिन्न थियो ज्ञान ज्ञानको एक भागले
मूल्यबोध गर्‍यो आज मेरो भित्र दिमागले ।।
बित्यो जीवन यो सिङ्गो बढियो अभिमानमा
अहिले खुल्दछन् चक्षु भित्रकै तत्व ज्ञानमा ।।

म स्वयं एक मान्छे हुँ मान्छेमै बोध यो भयो
पहिल्यै हुन त्यो पर्थ्यो बोध सारै ढिलो भयो ।।
कोही रुन्छन् कुनै हाँस्छन् गीत कोही सुनाउँछन्
मान्छेका हुलमा आज धेरै मान्छे हराउँछन् ।।

मान्छे भन्न कुनै मान्छे अति नै धर्मराउँछन्
मान्छेकै रूपमा कोही भेडाबाख्रा चराउँछन् ।।
भात खाने कुनै भन्दा घाँस खाने कता कता
अनुशासनमा बस्छन् देखिनेछन् यताउता ।।

छैन छक्का र पञ्जाको खेलोफड्को त्यतातिर
लाजैमर्दो हुने गर्छ हेर्दाहेर्दै यतातिर ।।
वितण्डावाजको खेलो भतुवा मात्र गर्दछ
घँसिया पशुको जात बरु निर्धक्क चर्दछ ।।

अवचेतनमा बोक्छ लाखौँ दुःस्वप्नका कुरा
मान्छेको जात नै हिँड्छ बोकेर काखीमा छुरा ।।
आफ्नो दायित्व पन्साई अर्कालाई फसाउँछ
जसको काँधमा चढ्छ उसैलाई भसाउँछ ।।

कस्तो हो मनुवा जाति उसमा पापी रक्त छ
हात चाट्न दिनोस् त्यस्ले डुँलुलै काट्न सक्तछ ।।
स्वार्थको सिद्धिका लागि जेसुकै पनि गिँड्दछ
रिसको रागको भुङ्ग्रो थाप्लामा बोकी हिँड्दछ ।।

मार काट र हत्याको अघिल्लै पङ्क्तिमा बसी
अर्काको पेटमा चुप्पी हान्छ मान्छे घुँडा धसी ।।
अहिंसा परमो धर्म मुखले कण्ठ गर्दछ
पशुको वलिका लागि तत्कालै अघि सर्दछ ।।

निजको सानका लागि मार हान्न तयार छ
स्वार्थसिद्ध हुँदा मान्छे शत्रुकै मतियार छ ।।
भनी लेखेर के सक्नु मान्छे र उसको मति
गुण दुर्गुणका गाथा मान्छेका कति छन् कति ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x