सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खाँट्टी कविसँग अन्तर्वार्ता

Nepal Telecom ad

उताबाट : हेलो ! नमस्कार फलाना कविजी हो ?
म : नमस्कार ! नमस्कार !! हो हो ! फलाना “अतृप्त” कवि भन्ने म नै बोल्दै छु ।
उताबाट : खुशी लाग्यो ! म फलाना मिडियाबाट । हजुरको एउटा इन्टरभ्यू छापौं कि भनेर फोन गरेको, हजुरको अनुकुल कस्तो छ ?
म : प्राय अनुकुल ठाउँमा नै हुन्छु र अहिले कुल कुल (cool ! cool ) नै छु भन्न पर्‍यो ।
उताबाट : हा हा ! खुशी लाग्यो । निकै रसिक हुनुहुँदो रहेछ । शुरु गरौं त ?
म : मैले त अगिनैदेखि शुरु गरेको भएर त कुलकुल छु भन्या ।
उताबाट : हा हा ! (फेरि हाँसो) हैन हैन इन्टरभ्यू शुरु गरौं भन्या नि !
म : शुभ कार्यमा ढिलाई गर्नु हुन्न शुरु गर्नुस् ।
उताबाट : तपाइँको जन्मस्थान ?
म : खोलापारि गोठमा
उताबाट : हत्तेरी कुन गाउँ /सहर जिल्ला भन्या पाे त !
म : ए ए ! कास्की
उताबाट : जन्म कहिले भएको ?
म : लाहुरे भैंसी दोश्रा बेत ब्याएको ठ्याकै १५ दिनपछि जन्म्या रे !
उताबाट : हत्तेरी ! कति सालमा जन्म भएको भन्या ।
म : ए ए ! १७ साल
उताबाट : कहिलेबाट लेख्न थाल्नु भयो ?
म : बाले झापट लाउँदै पढाउन थालेदेखि
उताबाट : हैन हैन, कविता लेख्न कहिलेदेखि थाल्नु भयो भन्या !
म : ए ए ! बाटुलीले धोका दिएको दिनबाट मने, लव ट्रेजिटी परेपछि कवि बन्ने मुड चल्या हो त नि ।
उताबाट : हत्तेरी ! तपाइँको पहिलो लव कहिले पर्‍या थ्यो भन्या ?
म : ठ्याक्कै याद त छैन, ट्रेजिटी पर्नु भन्दा त्यस्तै पन्ध्र दिनअघि डीप लव पर्‍या थ्यो ।
उताबाट : उफ्फ ! तपाइँको पहिलो रचना कति सालमा प्रकाशित भएको थियो भन्या पाे त ।
म : ए ! ए ! छत्तीस सालमा त्यही पापिनीले पहिलो लवलेटर सार्वजनिक गर्देकी हो ।
उताबाट : उफ्फ ! कविजी तपाइँ ज्याद्राे कवि हुनुहुँदो रहेछ उल्टो मेरो दिमाग चाट्नु भयो । अन्तमा केही भन्नु छ ?
म: खासै केही भन्नु छैन, यो सामग्री सम्पादन नगरि जस्ताकाे तस्तै प्रकाशित गरिदिनू होला ।

०००
– भरत आचार्यकाे भित्ताेबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
केही बेर फेसबुक बन्द हुँदा

केही बेर फेसबुक बन्द...

फित्काैली डटकम
उचाल्नु भाे

उचाल्नु भाे

अर्जुन पराजुली