साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्जिका भाषाको पहिलो बालकविता सङ्ग्रह सार्वजनिक र तीनजना सम्मानित

Nepal Telecom ad

राैतहट, २०८० चैत । सरस्वती राजनारायण प्रतिष्ठान जनकपुरको मातहतमा गठित कला सम्बर्द्धन समिति रौतहटले कलासम्बन्धी विशेष गोष्ठी, पुरस्कार वितरण तथा सम्मान समारोह सम्पन्न गरेको छ ।

रौतहटको गरुडामा आयोजित कार्यक्रममा साहित्यकार रेणु गुप्ताद्वारा बज्जिका भाषामा लिखित ‘मेला’ बालसाहित्यिक कृतिको लोकार्पण गरिएको छ । ‘मेला’ नेपालमा बज्जिका भाषाको पहिलो बालकविता संग्रहको रुपमा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यससँगै गुप्ताको प्रकाशित कृतिको संख्या सात पुगेको छ ।

कार्यक्रममा गुप्तालाई पन्ध्र हजार रुपैयाको वीनादेवी पुरस्कार तथा जनकपुरका साहित्यकार विजय दत्त मणिलाई पन्ध्र हजार रुपैयाको आनन्दीदेवी पुरस्कारले सम्मानित गरिएको छ । दोसल्ला तथा अभिनन्दनपत्रसहित दुवै प्रतिभाको साहित्यिक योगदानको कदर गर्दै सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।

नृत्य तथा गायन कलाको क्षेत्रमा करिब पचासी वर्ष योगदान पु¥याएका लोकगायक तथा कलाकार अनुप सहनीलाई विशेष सम्मान गरिएको छ । ९० वर्षीय कलाकार सहनी करिब पाँच वर्षको उमेरदेखि नाच्न र गाउन थालेका थिए । कलाकार सहनीले कार्यक्रममा विभिन्न लोकगीत गाएर प्रतिभाको परिचय दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिका नगर प्रमुख कन्थमनिप्रसाद कलवारले आफूले कला क्षेत्रको निरन्तर सम्मान गरिरहेको बताउँदै बज्जिका भाषा र साहित्यका साथै कलाकारिताको क्षेत्रमा सक्रिय रहेका प्रतिभाहरुको प्रशंसा गरेका छन् । नगर प्रमुख कलवारले कलाकार सहनीलाई आफ्नो तर्फबाट दुई हजार एक सय रुपैया नगदले सम्मानित गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी रामविलास रायले बज्जिका भाषा र कलाको प्रशंसा गर्दै हरेक व्यक्तिले मातृभाषा, मातृदेश तथा आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने वातावरण हुनुपर्ने बताएका छन् ।

यसै गरी पुरस्कृत तथा सम्मानित प्रतिभाहरु गुप्ता, मणि र सहनीले समाजले आफूहरुमाथि विश्वास गरेर अझ बढी दृढतापूर्वक सेवामा लाग्ने अभिभारा सुम्पेको अभिव्यक्ति दिएका छन् ।

अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका वाङ्मय पुरस्कारका संस्थापक शिवचन्द्र साह, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका प्रचार प्रसार समिति रौतहटका संयोजक बिन्दा साहनी, बज्जिकाका प्रथम प्रशिक्षक विपिनबिहारी सिंहले मन्तव्य व्यक्त गर्दै मधेश प्रदेशको प्रमुख भाषाको रुपमा बज्जिका स्थापित भइसकेको र बज्जिका साहित्यले दिनानुदिन प्रगति गरिरहेको जानकारी गराएका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा बहुभाषिक विशिष्ट साहित्यकार अजयकुमार झा, प्रतिष्ठित कलाकार बृजकिशोर सहनी, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, लोककलाकार गगनदेव पंडित, प्रतिष्ठान सचिव रामचरित्र ठाकुर, बज्जिका साहित्य संगम रौतहटका सचिव रामअधार पासवान, नवसर्जक साहित्य चौतारी मधेश प्रदेशका कोषाध्यक्ष अभिजीत राम, भूपनारायण राम दास, राजेश महतो कुशवाहा, धनदेव जोशी, रवीन्द्र पटेल, रवीन्द्र पासवान, संगीता सहनी, सुधीरकुमार लाल, रुपेश रोदन, प्रतिष्ठानका संस्थापक रामेश्वर रौनियारसहितका प्रतिभाहरुले लोकगायन, कविता, गीत, हास्यव्यंग्य आदिको प्रस्तुतिले कला गोष्ठी सार्थक बनेको थियो ।

प्रतिष्ठानका अध्यक्ष इन्जिनियर चन्देश्वर रौनियारले मधेश प्रदेशको वाङ्मयको सबै क्षेत्रमा प्रतिष्ठानले काम गर्दै जाने बताउँदै जीवनलाई कलाको रुपमा व्याख्या गरेका छन् । पूर्वीय वाङ्मयका धरोहर रौनियारले भाषालाई अभिव्यक्तिको माध्यम बताएका छन् । कार्यक्रमलाई सफल बनाउने सबैलाई प्रतिष्ठानले मधेशको पहिचान गमछा ओढाएर सम्मानपत्रले सम्मानित गरेको छ । कार्यक्रममा उपस्थित सबैलाई बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले स्वागत गरेका थिए ।

कार्यक्रममा सञ्जय साह मित्र संयोजक रहेको पाँच सदस्यीय कला सम्बद्र्धन समिति गठन गरिएको घोषणा गरिएको छ । सरस्वती राजनारायण प्रतिष्ठानको मातहत रहने गरी घोषित कला सम्बद्र्धन समितिमा शिवचन्द्र साह, किशुनदयाल श्रीकृष्ण, रेणु गुप्ता र संगीता सहनी सदस्य तोकिएका छन् ।

०००
– सञ्जय साहद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x