साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा साँडे

आफै मात्रै रनवन घुमी घाँस माडेर चर्छन्, अर्को कोही अघितिर गए जोर लात्ती भकुर्छन् । दुब्ला साँडे परतिर गई थान थापेर बस्छन्, मोटा डुक्रेपछि त यिनले आत्तिई टाप कस्छन् ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

दल्छन् साँडे विविध दलका एकसाथै मिलेर
छल्छन् साँडे अबुझ जनता पूर्व वाचा भुलेर ।
चल्छन् साँडे प्रतिदिन तिनै माफियाका पछाडि,
फाल्छन् साँडे गतिमति सबै घाँस देख्दा अगाडि

झुक्छन् डाम्ने क्रम हुनुअघि स्यालजस्तै भएर
छाडा छाडेपछि त यिनले हान्न खोज्छन् फिरेर ।
चर्छन् बेलाबखत दगुरी अन्य देशीय घाँस,
मात्रै उग्राउनु छ यिनको कार्य, के गर्नु आस !

हाँस्छन् साँडे पशु-महलमा बास्मती टन्न खाई,
रुन्छन् मान्छे दरर चुहुने गोठमा क्यै नखाई ।
पानी छिर्ने सबतिर ठुला सात ओटा दुला छन्,
चोरी लाने तलतिर सबै झ्यालढोका खुला छन् ।

साँडेद्वारा चउरतिरको घाँस नै मासिदैछ,
बाली छर्ने जमिन पनि ता वज्रजस्तै हुँदैछ ।
जानी जानी परजन यहाँ आज भित्र्याइँदै छ,
छाडा डाम्नाहरु सब मिली खेत रित्याइँदै छ ।

आफै मात्रै रनवन घुमी घाँस माडेर चर्छन्,
अर्को कोही अघितिर गए जोर लात्ती भकुर्छन् ।
दुब्ला साँडे परतिर गई थान थापेर बस्छन्,
मोटा डुक्रेपछि त यिनले आत्तिई टाप कस्छन् ।

डामी छाडेपछि त यिनले खेत जोत्नै हुँदैन,
लाठो लाऔं न त अब भने शास्त्र आज्ञा दिँदैन ।
खान्छन् बाली टुलुटुलु यहाँ हेर्नुपर्ने छ धर्म,
देख्ला कस्ले गरिब-जनको दुःख, पीडा र मर्म ।

०००
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x