साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निमित्त प्रमुख अतिथि

स्थायी प्रमुख आएछ र उठेछन् सबै जना, के जानोस् उसले यस्तो निमित्त परियोजना । उसकै मेचमा ल्याई स्थायीलाई बसाइयो, माल्यार्पण तथा बिल्ला उसैलाई लगाइयो ।

Nepal Telecom ad

काेमलप्रसाद पाेखरेल :

मुख्य पण्डित या मुख्य ठेकेदार समानको,
सभा प्रमुख हो स्थायी आफ्ना ती जजमानको ।

एकै समयमा कार्य-क्रम धेरै जुधे पनि
म भ्याउदिन भन्दैन, भित्री गुठिल के छ नि !

पूर्व-पश्चिम आफैले नभ्याई नहुने हुँदा,
निमित्त राख्छ स्थायीले, हुँदैन ऐनको बुँदा ।

आफु स्वयं फर्किआए निमित्त सकिने गरी
नियुक्ति मुखले दिन्छ, त्यही हो नियमावली ।

तीन, चार समारोह मात्र भ्याउन सक्दछ,
बाँकी, निमित्तलाई नै अरु जिम्मा लगाउँछ ।

यो मौका पाउँदा के के भेटें भन्छ निमित्तले,
पाई प्रमुखको कुर्सी मन्त्रीझै फुल्छ दम्भले ।

रेडियो, पत्रिकाबाट अब नाम प्रसारित
हुन्छ भन्दै कल्पनाको दहमा स्नान गर्दछ ।

सो सभा सकिनासाथ तुरुन्त घर फिर्दछु
लु नपत्या बुढी ! भन्दै कथा आफ्नो सुनाउँछु ।

सो सुनेर दिएको त्यो पत्नीको धन्यवादले,
अघिका दिलका घाउ छाड्छन् पोल्न तुरुन्त नै।

यस्तै गम्दैथियो भित्र, बिल्ला माला दुवै लिई,
उसका सामुमा आए महिलाद्वय सुन्दरी ।

हतारिदै उठ्यो झट्ट बिल्ला, माला लगाउन,
उठे त्यहाँ त्यसैबेला उपस्थित सबै जन ।

संझ्याे निमित्तले मेरै उठे सम्मानमा भनी,
धन्यवाद दियो आफ्नो भाग्य-लाई मुरीमुरी ।

स्थायी प्रमुख आएछ र उठेछन् सबै जना,
के जानोस् उसले यस्तो निमित्त परियोजना ।

उसकै मेचमा ल्याई स्थायीलाई बसाइयो,
माल्यार्पण तथा बिल्ला उसैलाई लगाइयो ।

थिएन धुम्म आकाश हुन्डरी नै थियो न त,
उसको कल्पनामाथि वज्रपात भयो स्वतः ।’

ओर्लियो त्यो मञ्चबाट के के बरबराउँदै,
एकाएक सभा छाडी अन्तर्ध्यान भयो कठै !

०००
सुरूङ्गा, झापा
म फर्केर आएँ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x