साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि र गिनिजबुक

यहाँको नाम लेखिन्छ हाम्रो गिनिजमा अब, तत्कालै स्वर्गमा भव्य हुन्छ आयोजना तब । आफ्नो यो देह त्यागेर महाकाव्य लिईकन, त्यो त्रिविष्टपमा आफै हुनुपर्छ उपस्थित ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल  :

सोझै नारद स्वर्गबाट कनका हेर्ने इरादा गरी
आए मोटरबाट पूर्वतिरको हाम्रो सुरुङ्गा स्थली ।
बुझ्ने सोच थियो ठुला कवि यहाँ को को रहेछन् भनी,
भेटे एकजना चिया पसलको सानो छहारीमुनि ॥

सोधे नारदले महाकवि यहाँ को को कहाँ छन् कति !
आएको हुँ म टिप्न नाम सबको लानेछु भेटेजति ।
अर्को को छ र ! छैन यो सरदमा जित्ने मलाई कवि,
मेरै नाम महाकवि प्रमुखमा लेख्नोस्, छ मेरै छवि ॥

यो हो उत्तम काव्यकार यसले लेख्दैन बेढङ्गको
नेपाली कविबीच पिङ्गल म हुँ ज्ञाता सबै छन्दको ।
मेरा सामु डटेर टिक्न नसकी भागे यहाँका कवि,
जस्तै भाग्दछ रात पूर्व नभमा देखी उज्यालो रवि ।

बुझ्दा हुन्छ चिया-पिपासु सबले प्रस्ट्याउँछन् शीघ्र नै,
सोध्दा हुन्छ वरिष्ठ विज्ञ जनमा स्रष्टा छ कस्तो भनी ।
ठूलो काव्य म लेख्छु पन्द्र दिनमा यस्तो छ मेरो गति,
लेख्लान् नाम तुरुन्त त्यो गिनिजमा देखेर मेरो मति ॥

यो एक्स्प्रेस नरोकिईकन छिटै पुग्नेछ गन्तव्यमा,
दुब्ला सर्जक रोकिदै समयमा के पुग्न सक्थे त्यहाँ !
मेरा पुस्तकमा छ छाप, अरुको रित्तो छ चारैतिर,
संस्था-छापबिना छ पुस्तक भने त्यो उच्च मानिन्छ र !

मेरा पुस्तकमा सही छ जसको ती ज्ञानमा श्रेष्ठ हुन्,
चिन्दैनन् उनले तथाकथित क्वै जो सिर्जना गर्दछन् ।
अर्को एक विशेषता छ कविता, साथै महाकाव्यको,
छोटो, सानु पकेट पुस्तक भए मानिन्छ उत्कृष्ट सो ।

अर्को लक्षण हो महाकवि हुने बेचेर सिध्याउनु,
छापी पाँचहजार पाँच सयमा बेचेर नाफा लिनु ।
छैटौं लक्षण हो किनेन जसले हप्काउँदै झम्टनु,
सातौं, लक्षण हो चिया पसलमा आफ्नो अहं पस्कनु ।

सुनेर कविका व्याख्या भए नारद मोहित,
सोधे हजुरको नाम, ठेगाना भन्नुहोस् न त !
कनका तिनमा पर्छ यो महाकविको घर,
नाम आँसुकवि श्रेष्ठ, र महाकवि हो थर ।

यहाँको नाम लेखिन्छ हाम्रो गिनिजमा अब,
तत्कालै स्वर्गमा भव्य हुन्छ आयोजना तब ।
आफ्नो यो देह त्यागेर महाकाव्य लिईकन,
त्यो त्रिविष्टपमा आफै हुनुपर्छ उपस्थित ।

झस्के महाकवि श्रेष्ठ कुरा नारदका सुनी,
भने बिन्ती छ स्वर्गीय हे नारद महामुनि !
म हैन, देवकोटा नै मात्र एक महाकवि-
हुन्, भन्दै डरले काम्दै लुसुक्क छड्किए उनी ।

०००
झापा
‘म फर्केर आएँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
सक्यो है सक्यो

सक्यो है सक्यो

काेमलप्रसाद पोखरेल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x