साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्यो है सक्यो

यहाँ रेल ल्याएर कान्ला उकाली म जोतेर छर्ने छु है अन्नबाली । भनी कुर्लंदैथ्याे कडा सोर हाली, त्यसैले फुटायो दुवै कान-जाली ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

उँधोको छिमेकी उँभो ठेल्छ आली,
धनी खेतका व्यस्त छन् खान छाली ।
कुरा जोत्न मात्रै हुनाले सिपालु,
सबै खेत बाँझो रह्यो यसपालि ।

उजाड्दै छ है पुष्प-उद्यान माली
म गोड्दैछु भन्दै कुरा गर्छ जाली ।
सँगालो हसुर्ने कुरा मात्र गर्छ,
भयो ढेडुको मात्र हालीमुहाली !

यहाँ रेल ल्याएर कान्ला उकाली
म जोतेर छर्ने छु है अन्नबाली ।
भनी कुर्लंदैथ्याे कडा सोर हाली,
त्यसैले फुटायो दुवै कान-जाली ।

दुई ओठले देश सम्पन्नशाली-
बनाएर छाड्ने कुरा गर्छ खालि ।
चिथोर्दैछ यो खेत तल्लाघरेले,
सक्यो है सक्यो देश हाम्रो हिमाली ।

०००
झापा
‘म फर्केर आएँ’ (२०७८)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

अहो खुब लेख्यौ ओ प्रिय झपाली ।
म गर्छु निराजन शिखा ज्योति बाली ।।💐🌺🙏

Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
1
0
Would love your thoughts, please comment.x
()
x