भाेज अर्यालरुखै रुख कि दुःखै दुःख
गने समान पनि सर्वमान्य नै हुन्थे । बरा ठुलो हेपाइ खान परेरै धरधरी रुन्थे । सत्यवादी त यिनीहरू कहाँ हुन्थे । मुखमा राम राम गरेर भित्र भित्र जाल बुन्थे । नातावाद कृर्पावाद । भित्र भ्रष्टचार बाहिर लोकतन्त्रको शङ्खनाद ।

भोज अर्याल :
लौन न सुनौँ हजुर ! एउटा गाउँ मात्रै खाने हैन देशै लाने कथा रुखको । रुखको मात्र हैन कथा दुःखको । रुखले तबरा के नै दुःख दिनु दिँदै दिन्न । बरू रुख बोक्ने हलियाहरूले नै बनाएका हुन् संसारको मन खिन्न । न नीति न नियम त्यसै छिन्न भिन्न । नियत पनि गाह्रो हुने रैच बेलैमा चिन्न । रुखको त बरू जुवा र हरिष हुन्छ तर यो पार्टीका मुन्छेहरूको मनमा मात्र आरिस हुन्छ । अरुले खाएको देख्दा उनीहरू रिसले मर्छन् । आफुले हसुर्न पाइन्छ कि भनेर पुरै तलै झर्छन् । गर्दा गर्दा रसातलमै पर्छन् । के के गर्चन् गर्चन् ।
केही मानिस कामका पनि छन् । केही बेकामका पनि छन् । केही बोका नै हुन् पनि भन्चन् । धेरै त देश कै लागी धोका नै हुन्चन् । रुखको पात झैं खसेका मुन्छे । कोही परे लोभी पापी कोही अलि रुन्चे । रुँदा रुँदा एकजना राष्ट्रकै खतिपो छन् । खामचन्द्र खौँडेल । सिस्नुप्रसाद गाउडेल ।
धमिराले खाएकै रुख झैँ थोत्रो पार्टी जनताको घाँटी घाँटी । विपी मात्रै भनेर ढिपी गर्छन् ।
कहिले त लेडेढिपी नै गरेरै मर्चन् । सत्ता गुम्दा बिरालोले झैं भित्तो कोपर्चन् ।
जमानामा जिपी पनि आए धन्न देशै खाए । जिपीका जजमानहरू खुबै रमाए । कमाउनु कमाए । खोला बेचेर ठुला ठुला झोला भरे । उनीहरू नै समाजवादी अरे । खानुसम्म खाए अघाए । खन्चुवा न परे । खै त हाम्रो लागि के नेपरे । यी त केपरे केपरे ।
लुच्चा लफङ्गा पापी सबै अटाउने । सरकारमा बसेर देसको ढुकुटी ठटाउने । दिन कटाउने । मिलेमा तरुनी पटाउने । जनतालाई उल्लु बनाएर विपीको नाम रटाउने । पचधुमहरू !
खुमहरू अटेको खुनीहरूको पाटी । बसेका छन् दुलियालाई ढाँटी । कुकुर झै भुक्छन् कति दुख्दो हो घाँटी । टेकुमा टेको नभएर सानेपा पुगेका । सधैँ कुर्ची नै रुँगेका । छाउराहरू झैं सधैँ भुक्ने फ्याउराहरू झैँ ।
गिर्जाउले माले मसले मन्डले एउटै भन्थे । उनले त फेरी मध्यान्नको धुपमा पनि खुप तारा पो गन्थे । यस पाल्टीमै पनि मन्डले छन् । कोही त मन ढले नै छन् । मन जले त कति कति । थाहा छैन कहिले सुध्रिने हो मति ।
सधैँ दुर्गति ..! कुर्चीबाट लडाउनेदेखि कुर्ची खोस्न परे हिलैमा गढाउने पनि । लोभी पापीहरूले लोकतन्त्रको पाठ पढाउने । दुनियाँ हँसाउने । दुई चार पैसो देखे आफ्नै भुँडी भित्र पसाउने । इमान सक्केका बेमान । यिनी पनि सडेकै फर्सी परे । केगरे गरे । खाँटी टास्ट घाती न परे ।
किसुनजी जस्ता सन्त नेतालाई पेल्नु पेले । उनको जिन्दगी सँगै खेले । छ महिनामै कुर्चीबाटै ठेले । यिनेरुको मनमा बास गरेको छ केले । हग्गन थापा र इश्शो पर्कास दुई जना परे ठुला ठुला भेले । कि बाक्रा चोर्ने कि सधैँ मन्चाँ चढेर गाँड कोर्ने । असटीहरू ..! घिनै लाग्ने नामै सुन्दा । मेरी आम्मुइँ ! नजरै सधैँ कुर्चीमै हुइँ ।
काम नपाए झैं कहिले कुरा फिटेका छन् । कहिले तास् फिटेर बसेका छन् । साँझ नपर्दै भट्टीभित्र पसेका छन् । यिनैका घरमा चौरासी व्यन्जन पाकेका छन् । जनता भोट दिँदा दिँदै थाकेका छन् । यिनी सुध्रिनै जानेनन् । नउध्रिएर मानेनन् । त्यसैले त गएको चुनापमा फुस्किने गरि जनताले धन्न हानेनन् ।
झुसिल जस्तै दार्ही भएका सुशील पनि शन्त नै थिए । सभापति त देखावटी मात्र बने उनी मनले अन्तै थिए । धन नभएर उनी निधन नै थिए । निधन पनि हुन पाएन उनको कि मार्दिए । कि मन लागेर आफैले पिए । उनी त गए गए । अरु खै के भए भए । न देश विकास गर्ने । न पुक्लुक्क मर्ने । लाजनितीको व्यापार पृथिवीको भार !
ए अर्को कुरा त भुसुक्कै बिर्सेछु । लाउडा काण्ड धमिजा काण्ड । धमिराहरूले पुरै बोके झैं गर्छन् ब्रमाण्ड । सभापति त सभाकै खति छन् । सभामै कि सुतेका कि र्याल काँडेका । चुनावमा त झन् बिटो बाँडेका । सक्ने ठाउँमा बुथै भाँडेका । क्या गजप बात । अर्को चुनाव त आउन देउ न जनताले दिनेछन् लात् । अनि के खान्छौ ? कि दुलाभित्र जान्छौ ?
हैन यी बाजेले कैले म्याउवादीलाई काख्मा हाल्चन् । कैले टपक्क्क टिपेर फाल्चन् । के भएका हुन यिनी । कैले घरचण्डकै घरमा गएर चाट्न खोज्चन् । कैले काट्न नै खोज्चन् । नमिलेको जोडी । हिँडे फेरि पिरै पारेर छोडी । घरचण्ड न घरको न घाट्को । सिङ फुस्केकै गोरु । बुद्धि फुस्केकै ओरु । के गरु गरु । साङ्गो पाङ्गो देउपा दाइहान्ने राङ्गो ।
अर्का खाम शरण आफ्नै भुँडी भरण छन । कहाँ छन् छन् । सबैले त्यही भन्चन् । उनले के पैसो चाप्ने खाल्टो खन्चन् कि । बसेर माथितिर जाने दिन गन्चन् हँ । दाह्री पालेका मुन्छे न परे । यत्रो वर्ष मन्तरी भएर खै के गरे गरे । मत हाल्नेनै भ्रममा पो परे । वल्ला घरका नरे पल्ला घरपो सरे ।
जुन हेर्यो विमान चढ्न थालेका । इमानबाट लड्न थालेका । कोही घुस्याहा कोही झुस्याहा । कोही देशै चुस्याहा । भन्नै गाह्रो कस्ले के हेर्यो । यो पार्टी नै खासमा लुटेराहरूको न पर्यो । जति बोलेनि सुन्दैनन् । कानमा ठेंटी ठोकेका छन् । राज्यको ढुकुटी रित्ताएर घरतिर पो बोकेका छन् । कोही झोलेहरू कोही खोलेहरू । अख्तियारले पोलेहरू । म त के गरुँ गरुँ ।
फर्सीका भेट्नाहरू मकैका ठेट्नाहरू ।
नीति पनि छैन गतिलो नेतो पनि छैन । दर्शनको कुरै हुन्न यिनकोमा खाली कुर्चीको लागि घर्षण । कुर्ची नपाए पुक्लुक्कै मर्छन् । खान नपाएका सत्तामा जान्न पाएका मुन्छे । कैले तानातान, कैले हानाहान । भाँड भैलो उचाल थैलो । अनुहार हेर्यो भने कालो निलो धुर्मैलो कुन हो देस्रो कुन पहिलो । गरेकै छौँ कमाल ।
राजेश हमाल । जनता सधै दिक्क तिमेरुलाई पो छ गाँठे मालामाल ।
म के बन्चु बने एउटा कुरा बन्चु ! यो कुरा गिर्जा बाउ भन्नु हुन्थ्यो ! आफ्नै सारथी र अग्रजलाई पुर्नको लागि खाडल खन्नुहुन्थ्यो । षड्यन्त्रकारीनै पर्नु हुन्थ्यो । थाहै भएन उहाँले के काम गर्नु हुन्थ्यो । आफु पार्टीकै सधैँ राजा । अरु सबै घाजाघाजा । बजाइदेउ न बाजा हे मेरा राजा । राजा भेट्न जानुहुन्थ्यो उतै ज्युनार खानुहुन्थ्यो । राजा राजा भनेर धेरै दिन रुनु भो । पछि त गनतन्तर वादी पो हुनु भो । कमाउनिस्टहरूलाई नै कस्सै छुमन्तर गरिदिनुभो ।
गने समान पनि सर्वमान्य नै हुन्थे । बरा ठुलो हेपाइ खान परेरै धरधरी रुन्थे । सत्यवादी त यिनीहरू कहाँ हुन्थे । मुखमा राम राम गरेर भित्र भित्र जाल बुन्थे । नातावाद कृर्पावाद । भित्र भ्रष्टचार बाहिर लोकतन्त्रको शङ्खनाद ।
धर्म भुटेको थाहा छैन खाली हरेराम । भेटेको जति सबै आफै झ्वाम् । क्याबात् । पाउला कि अब जन्ताको साथ ।
जे भएनि कुर्चीमा लगेर ज्यान टाँसेकै छौँ । देशको रकम मासेकै छौँ । सधैँ सत्ता र भत्ता नै चाहिने तिमेरु साँच्चैको हौ ? दैलामुनि जौँ ।
चुनावमा लोप्पा खाँदा बल्ल चाल पाउछौ !
जय नेपाल । कहाँ गए के पाल । देशको विकास तिम्रा लागि बाल् ।
कि त सुरा कि सुन्दरी कि जुवाको खाल् ।
जय नेपाल ।
०००
हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































