साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव सम्झना

भूत छैन गैसक्यो वर्तमान हो सबै, भोलि आउने यही वर्तमानबाट नै हास्य फैलियोस् यहाँ हाँस्नु पर्छ जिन्दगी, हाँसने हँसाउने गर्नु पर्छ दिल्लगी।

Nepal Telecom ad

रमेश खकुरेल :

हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल समृति विशेष २०७९
हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल

वासुदेव दाइको गीत यो बिदाइको,
लेख्छ शव्द लेखनी दु:खको रुवाइको ।
मित्र झैं थिए उनी वन्धु झैं थिए उनी,
भावना कवित्वका पारखी थिए उनी ।

वेदना हुँदा सधैं सान्त्वना थिए उनी,
शव्द-कर्ममा हुँदा,प्रेरणा थिए उनी।
स्नेहको असीमता सिन्धु झैं थिए उनी,
झुम्मिने चकोरका इन्दु झैं थिए उनी।

मानवत्वमा सधैं अर्चना थिए उनी,
दानवत्वमा कडा गर्जना थिए उनी
हास्यरूप मन्त्रले खित्खिती हँसाउने,
व्यंग्यरूप शस्त्रले धर्धरी रुवाउने।

क्षीण देह बाहिरी भित्र शक्ति दन्दनी,
एक शव्द बज्रिंदा रिङ्छ शत्रु फन्फनी
व्यक्ति शत्रु को हुने?दुष्टता त शत्रु हो,
शुद्धचित्तको छ जो दाइको त मित्र हो ।

तालु बल्छ टल्टल देहमा छ खद्दर,
जोसुकै त्यहाँ पुगोस् स्नेह बग्छ झर्झर
हातमा छ केमरा टिक्क चित्र खिंच्तछन्,
भोलिको चिनो हुने यै त हो नि भन्दछन् ।

कर्म शुद्ध भो भने धर्म चाहियो किन,
देवता मनुष्य हुन् मूर्ति पुज्दछौ किन
स्वर्ग यै धरा त हो नर्क बन्नु हुन्न यो,
भाइभाइ टुक्रिंदा हुन्न है कुनै भलो।

भूत छैन गैसक्यो वर्तमान हो सबै,
भोलि आउने यही वर्तमानबाट नै
हास्य फैलियोस् यहाँ हाँस्नु पर्छ जिन्दगी,
हाँसने हँसाउने गर्नु पर्छ दिल्लगी।

आँसुले बगाउला बन्ध बाँध हास्यको,
विश्वमाथि फैलियोस् सौम्य नाच लास्यको
बन्दुके र सन्दुके धाक दूर नै रहून्,
जाँडले र भाँडले भेट्न आउने नहून् ।

भन्दथे सधैं उनी वेद हो यही कुरो,
फालतू अरू सबै संझना रहोस् चुरो
हाँस्न खोज्छु सम्झँदै किन्तु आँसु झर्दछन्,
दाइसाथ छुट्टिंदा शोक छल्छलाउँछन्।

भेटिए निकै यहाँ किन्तु दाइ झैं कहाँ,
देवता कहीं हुनन् वासुदेव झैं कहाँ ।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x