साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज

यदि खसि पनि हाले हात गोडा नभाँचोस् टुटफुट सहुँला भो ज्यान मात्रै त बाँचोस् यदि मरि पनि हालूँ लाज मेरो नजावस् हरि हरि बरु जप्छु प्रार्थना यत्ति लागोस् ।।

Nepal Telecom ad

रमेश खकुरेल :

जब जब शिरभन्दा माथि पक्षी उडेका
फर फर फर गर्दै चाल चाल्दै बढेका
टुलु टुलु टुलु देखें चित्तमा डाह लाग्यो
म पनि किन नउड्ने एक इच्छा पलायो ।।

न छ मसित पखेटा पुच्छरै नाम छैन
वजन पनि छ भारी उड्नको ज्ञान छैन
न गुरु छ दिन शिक्षा सिक्नमा ध्यान छैन
उचित म किन सिक्ने सिक्नमा शान छैन ।।

तर जब मन लाग्यो गर्नु ता पर्छ पर्छ
अब पछि जुन जस्तो पर्छ सो पर्छ टर्छ
यति मन मन ठानें मित्र भेला गुहारें
सहमत सबलाई तत्क्षणै ठिक्क पारें ।।

अनि सब जन आए माथि फाले मलाई
पल पनि नहुुंदैमा भेटिहालें उचाइ
तर किन किन होला अड्न गाह्रो रहेछ
जति सरल बुझेथें उत्ति साह्रो रहेछ ।।

कर जति पनि चालें चाल चल्दै चलेन
जति जलन लगाएँ दाल गल्दै गलेन
अब तल तल झर्दा बल्ल पो होस आयो
नमन छ कर जोडी लौ न कोही बचाओ ।।

यदि खसि पनि हाले हात गोडा नभाँचोस्
टुटफुट सहुँला भो ज्यान मात्रै त बाँचोस्
यदि मरि पनि हालूँ लाज मेरो नजावस्
हरि हरि बरु जप्छु प्रार्थना यत्ति लागोस् ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x