साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्नु होस् तर बुझेर

तपाईंले कसैको पनि विनाकारण वदनाम गर्दा कतै विरोध हुँदैन भने तपाईं मिडियामा रिपोर्टर बन्न लायक हुनुहुन्छ । तपाईं सँधै भावनामा डुबेर घोत्लि रहनु हुन्छ भने तपाईं म जस्तै कवि बन्न सक्नु हुन्छ ।

Nepal Telecom ad

कमल पोखरेल :

हाँस्नु भनेको हृदयलाई शीतल बनाउँने प्रक्रिया हो, आँखाका परेली तलमाथी पार्ने तरिका हो, सँदा मात्र आँखाबाट आउने आँसुको ठाउँमा यसले पनि आँसु नै झर्छ तर खुसीको । मुहार उज्यालो बनाउँने, मनलाई हलुका बनाउँने प्रक्रिया हो । हास्य डिप्रेसन, मुटुको रोग लाग्न नदिने अचुक औषधी हो, शरीरका सम्पूर्ण अङ्ग प्रत्याङ्ग आनन्ददायक बनाउँदै सक्रियता प्रदान गर्ने टनिक हो बुझनु भो नि । तु हाँसिदिनोस् त । यसरी हाँस्नु एउटा टनिक हो भने “रक्सी” अति लाभदायक अर्को विजुली टनिक हो। तपाईंलाई खोकी लाग्दैछ ? रक्सी पिउनोस्, खोकी खत्तम पार्छ भनेर दवाई सिकाइदिएँ मैले । उ रक्सी नखाने मान्छे, रक्सीले पनि खोकी खत्तम पार्छ र सर? भनेर सोध्यो मैले भने किन पार्दैन ? मेरो, त्यत्रो पचास ऐकर जमीन घरबारी सबै त खत्तम पार्यो भने, नाथे खोकी ।

जान्नेलाई त रक्सी अजम्बरीको बुटी बराबर हो। शरीरमा मासु लागेन भने रक्सी पिउनोस, गाला पुक पुक हुन्छ, दुई चार पेक पिएर हेर्नोस, कसैकोमा नभएको बल हवाते आउँछ । मान्छेले वीज चिनेकै छैन । बेकारमा डाक्टर कहाँ गइरहन्छ । रक्सी टन्न पिएर बस्नोस, केही दुख्दै दुख्दैन। हिजो अस्ती एकजना मान्छेलाई घाँटीमा इन्फेक्सन भएछ, र फोन गरेर डाक्टरलाई सोधेछ, डाक्टरले दिनमा दुईपल्ट स्टीमें बाथ लिइरहनु भनेछ, विमारीले सुनेछ स्ट्रोड हाफ दिनहुँ लिनु भनेको। उसले डाक्टरको परामर्श अनुसार पुसना स्ट्रोड हाफ लिनु थाल्यो। एक हप्ता खाएपछि विमारी चट्टै, फेरि डाक्टरलाई सोध्नै तः परेन। हामी सबै भेला भएर खादा यूप लिएर सम्वर्जना गर्न गयाैँ हिजो । रक्सीले टारबारी चट पार्छ, तीन तले भवन पट पार्छ, नाथे खोकी। मेरोमा यस्ता धेरै विषयका अथाह ज्ञान छन्, त्यसैले सबैले मलाई असाध्य मन पराउँछन् । हुन त सानैदेखि हो मलाई गाउँ भरिका दिदी बहिनी, आमा, काकी सबैले मन पराएर काखमा बोक्थे, “च्वाप्प” गालामा चुम्बन गर्ने आफैलाई गर्व लाग्छ म पाउरे हेन्डसम । दिउँसो बाहिर निस्के सुन्दरी जतिको नजर में माची पर्छ, रातमा बाहिर निस्के चुडेलनीसम्मले मेरो खेदाे गर्छ । त्यसैते आजकल म पर बाहिर निस्किदिन, डरलाग्छ ।

अघि विहानै क्यालेण्डरमा हेरेको, कन्या राशीलाई यस वर्ष सन्तान प्राप्तीको योग छ भनेर लेखिएको रहेछ, हन यो सत्तरी वर्षको उमेरमा पनि सन्तान प्राप्तीको योग जो सुकैलाई कहाँ जुट्छ ? यो उमेरमा पनि फेरि छोराको बाबू हुने सौभाग्य प्राप्त हुने रहेछ भनेर एकछिन त रमाएँ राशीफल हेरेर, हुनु पनि छयासी सालमा बन्दुक पो सरेण्डर गरेको छु त भनेर छाती छामे र गम्भीर बनें। यी ज्योतिषीहरूले पनि बुझीदिनु पर्छ, यी सात सिटीमा पनि नपाक्ने बुढालाई राशीफलमा सन्तान प्राप्तीको योग किन लेखिदिने गर्छ ? म कस्तो सकसमा परें अब, ग्रहले फल दिने भएको छ, श्रीमतीले परिवार नियोजन गरेको वीस वर्ष भएको छ, अब त ग्रहको दोष मेटाउँन घर बाहिर निस्के भने यसको जिम्मावारी कसले लिन्छ ?

के मैले त्यसै वित्थामा विप्ते गरेको छु त । अस्ती सानोमा स्कूल पढ़्दा, फस्ट पिरियड़का टिचरले बायोलोजी पढाउँदा हामीलाई भने “सेल” भनेका शरीरका कोषहरू हुन्, एकछिन पछि सेकेण्ड क्लासमा फिजिक्सका टिवरले पकाए “सेल” भनेको “व्याट्री” हो भनेर ।थर्ड पिरियड आयो, इकोनोमिक्सका टिचरले पढाए, सेल मनेको, विकी हो, सेल सेल सेल, बम्पर सेल भनेर, बुझाए । होला भन्ठाने, फिप्थ पिरियड़ आयो हिस्ट्रीका टिचरले आएर भने “सेल” भनेको अति बदमासलाई राख्ने जेल हो भनेर पठाए। फेरि त्यहि दिन हो सिक्स पिरियडमा संयोग बस इङ्लिसका टिचरले “सेल” भनेको मोबाइल फोन हो भनेर पढाएपछि मलाई चरर रीस उठ्यो, भाउन्न छुट्यो।

आजकलको चाैबिसै घण्टा सबै कुरामा जान्ने सबै फेसबुके गुरुहरू भएको ठाउँमा जति गुरुहरू, त्यति कुरा । एउटा स्कूलमा पढाउँने छ जना गुरुको त कुरा मिल्दैन भने, गाँव पिच्छे अगुवा भएको ठाउँको हालत झन कस्तो होला ? यो जाति अब फुटेर होइन जुटेर अघि बढौं भन्दा कोही मान्ला र ? यी सबै कुरा रातभरि मन्थन गरेर, अब गुरू विनै भटाभट हुने काम गर्नु पर्यो भनेर मैले विहे गरेँ ।

विहे गरेकै राती बेहुलीलाई सोधेँ सेल भनेको के हो भनेर । उनले भनिन् महँगो महँगो दामको साडी, सस्तो सस्तो डिस्काउन्टमा विकी गर्नेलाई “सेल” भनिन्छ, अनि अर्को चामलको पीठो दूध र घिउमा मात्रै मुछेर, तोरीको तेलमा फनफनी घुमाएर इत्राे इत्राे रिङ जस्तो फारेर पोलिने फन्के रोटी तातो तातो गरम गरम आलुदमसित खाने आहारलाई पनि “सेल” भनिन्छ भनेर बुझाएपछि म खुशीले गद् गद् भएँ । जीवनमा दुईटै काम लाग्ने कुरा सिकाएकी हुनाले म जहाँ जाँदा पनि संगसंगै लान्छु, सुत्दा पनि म सँगै सुताउँछु । मेरी श्रीमतीलाई अरुले श्रीमती भन्छन् म अर्धाङ्गिनी भन्छु। किनभने- चलन बदलियो, हामी मनिव्याग भन्थ्याैँ, त्यसपछि पर्स भन्नथाले।

आजकल अनलाइन पेमेन्ट हुन्छ, वाल्ल पार्छ भनेर होला बालेट भन्छन्, श्रीमती भन्दैनन् “वाइफ” भन्छन् । आजकाले भुले होला तर कच्छा हो हाम्रा पुर्खाले लुगा बनाउँन जानेकै थिएन । कति पुस्ता नाफा नात्रै हिँडेर, कति पुस्ता एउटै दौराले छोप्नु पर्नेजति सबै छोपेर त्यसपछि दौरा सुरुवाल अनि थप इस्टकोट, त्यहाँ पुग्दा नपुग्दै हतारिएर आधुनिकता आयो, सुरुवाल खोलेर “हाफ पेन्ट” लगायो। कतिले दौरा मात्रै फुकाएर कमेज सुरुवाल लगाए। यसरी दौरा र सुरूवातको उठीवास भो। थ्री पिस टाई सुट पहिरी सकेपछि श्रीपेच छ इन्च अग्लोतिर शोमा “टोपी” सम्म ध्यो त्यो पनि विचराको आत्महत्या भयो । सबैले बोलीमा व्याक पकेट लगाएर गुन्यू चोली हेम्वारी, बाडू हातको पटुकीमा सजिएकी सुन्दरी नारी, आधुनिकताले भित्रायो ब्लाउज र साड़ी। चट्ट थ्याे त्यो लामो बाटेको केशराशी ब्लाउज र साडीमा सजिएको देखेरै हो, म उसको पछि लागेको, तर यी तुत्री, चुडिवा, मेक्सी लाएर सेक्सी देखिन थालेपछि, ब्लाउज साडीको पनि चोला उठ्यो ।

लामो चुल्टोको घाँटी रेटियो । लेङगा, चाइनाको पेन, टपमा नारी सजिएपछि हिजोसम्म बाँसघारीमा ॐ ॐ गर्ने समुह वेस्टर्न कंमोट नभए टट्टी गर्न नजान्ने भयो। लटर पटर अंग्रेजी बोल्न सिकेपछि बल डान्स गर्न आतुर बनियो। मारुनी, संगीनी गाउन लजाउँछन्, डम्फू, च्याब्रुङ खोजें कहाँ छन् । भेषभूषा भाषा संस्कृति सबै भुले कहाँ गो ? केक नकाटे वर्ष डे घरमा नआउने भो । टाई फ्रान्सको, पततुङ इङ्गल्याण्डको कोरियाको कमीज, चाइनीज जुत्ता बुख्याँचा जस्तो आफू बनेर, उहिले हामी खेतबारीमा जाँदा लगाउँने घुँडा फाटेको, मुसाले काटेको छेडै छेड़ परेको जीन्स पेन्ट पहिरिएर, नातिनीको छोटो जामा बोजुले फिता माथि टिकरिक लगाएर, अनुहार पर्ने पत्र फेसियल गरी पाउडर दलेर बल्ल बल्ल निस्कियो सड़कमा अति आधुनिक मान्छे बनेर ।

लुङ्गीमा आगो लागे, लुङ्गी खोले पनि विपद, नखोले पनि विपद त्यस्तै पाराले समाजका कतिपय व्यक्तिसित सम्पर्क राखे पनि विपद । नराखे पनि विपद । के गर्नु विषको कीरा विष मै बाँचे झैं म पनि बाँचेकै छु। साथी तर के गर्नु गाउँले हो, हेर्दा हेर्दै भालूले आँखा झिकी राखेको छ, वर्तमान आधुनिक मानिसको, कपड़ा सफा छ तर मन मैला छ । म शहरमा घुम्दै जाँदा एउटा रेड लाइट इलाकामा यस्तो लेखिएको थियो- यहाँ त खाली देहको व्यापार गरिन्छ दाइ तपाई इमान किन्नु जानुहुन्छ भने अघिल्लो चोकमा पुलिस स्टेशन छ । तपाई झुटै झुठ बोल्नु हुन्छ तर अदालतमा सजाय हुँदैन भने तपाई वकिल बन्न लायक हुनुहुन्छ ।

तपाईं खुल्लारूपमा देह व्यापार गर्नुहुन्छ तर तपाईंलाई कसैले विरोध गर्दैन भने तपाईं हलिउडमा हिरोइन बन्न जाँदा हुन्छ । तपाईं जताततै लुट्नु होस तर तपाईंलाई डाकू भन्दैनन् भने तपाईं भारतमा पोलिटिसियन बन्न सक्नु हुन्छ । तपाईंको हरेक फैसलाको कसैले विरोध गर्दैनन् भने तपाईं कोर्टमा जज बन्न योग्य ठहरिनु हुन्छ । तपाईंले कसैको पनि विनाकारण वदनाम गर्दा कतै विरोध हुँदैन भने तपाईं मिडियामा रिपोर्टर बन्न लायक हुनुहुन्छ । तपाईं सँधै भावनामा डुबेर घोत्लि रहनु हुन्छ भने तपाईं म जस्तै कवि बन्न सक्नु हुन्छ ।

किनकि दुई घण्टा घरमा बस्दा बस्दा पनि एक कप चियासम्म नदिएर पाहुना उठेर हिँड्नु आइन्दा खाना खाएर गएपनि हुने नि । भन्नेहरू त लछेप्रै भेटिन्छन् । गाउँ घरमा चिया बनाउँनको अल्छीले कोल्ड ड्रिङ्स पिउनु हुन्छ ? भनेर सोध्नेहरू पनि कम छैनन् हाम्रामा, तर मो त चौरासी व्यन्जन होइन हँसिलो मुखले नून हालेको रातो एककप चिया र एउटा सुख्खा रोटी ख्वाएर पठाउने तपाईहरू मध्ये कोही हुनुहुन्छ कि भनेर खोज्दै हिड़ेको एउटा पनि पाउन सकेको छुइन । कतै यो भीड़मा पाउँछु कि ?

०००
रेलिङ, दार्जिलिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाउँ छ; गाउँले छैन

गाउँ छ; गाउँले छैन

कमल पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x