साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ छ; गाउँले छैन

आज आफ्नै गाउँमा कसरी पराय बन्दैछौं हामी। व्यापार सिक़्दैनौं हामी स्वनिर्भर बन्दैनौं हामी अल्पमत बनेर जनसङ्ख्या जमीन गुमाउँदै जाँदैछौं हामी।

Nepal Telecom ad

कमल पोखरेल :

पुल बन्यो तर्ने छैन
स्कूल बन्यो पढ़्ने छैन
हज़ारौँ एकर ज़मीन बञ्जर बन्यो
खेती गर्ने छैन।
बाँदर चितुवा बनेल मयूर
घर वरिपरि रमाउँदै घुम्छ
धान कोदो झल्ने खेतमा आज
ढेँढ़ुफुले इलामे फुल्छ।
लाटो कोही चैन
तछार्ने कोही छैन
सबैलाई सभापति बनाई ढोगिसक्यौँ हामीले
अर्को बनाउँने मान्छे छैन।
हराउँदैछौ हामी
विलाउँदैछौं हामी
आज आफ्नै गाउँमा कसरी
पराय बन्दैछौं हामी।
व्यापार सिक़्दैनौं हामी
स्वनिर्भर बन्दैनौं हामी
अल्पमत बनेर जनसङ्ख्या जमीन
गुमाउँदै जाँदैछौं हामी।

०००
रेलिड, बिजनबारी (दार्जिलिङ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x