साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुहिरोका काग अलाप्छ यस्तो राग

हे अल्पबुद्धिको कुहिरो कोटिकोटी नमन छ तँलाई । त्यत्ति नभएको भए अहिले सम्साँझै दोबाटोमा कुकुर रोएकोजस्तो सुमधूर आवज उराल्दै हिँड्न कहाँ पाइन्थ्यो र ?!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

कुहिरोको कागजस्तो भन्ने भनाइ उहिल्यैदेखी अहिलेसम्म उत्तिकै प्रचलित छ । यो भनाइ हाम्रै समाजमा चलेको भएर होला हाम्रै देश कुहिरोको कागजस्तै भएको छ । उच्चपदस्थ भनिएकाहरूको हजारौं मन्तव्यहरूले पनि देशको गन्तव्य बुझाउन सकेका छैनन् । बरू यो फासफुस भएर सिद्धिने पुषका दिनमा कताबाट हो धुइरो लागेर घाम छेक्दै काम बिगार्दै आउने प्राकृतिक कुहिरो जति घट्ला भन्यो उति बढेजस्तै झन माथि झन अन्योलले कुहिरिमण्डल पारेका छन् । नदिने बर्जु आइतबार बार्छिन भनेझैं नहुने चुनावको हास्यास्पद मञ्चनतिर कोहि लागेका छन् त कोहि उही आगो लगाएर फालेको खरानीलाई नै फेरि ब्युँताउन भनेर महान अग्रगमनवादी देखिन कोशिश गर्दैछन् । बिचरा जनताका माझमा जाउनभने फेरि ठाउँठाउँमा भदौ दुई दर्जन आइपुग्लाभन्ने डर नजाउँभने जनता परे गनगने अरूबेलामा तोडा लुकाउनेले चुनावको बेला पुच्छर लुकाएर भागे ।

जसोगरे पनि सुख छैन अब जनता जागे । हुँदाहुँदा स्थिति यति कुहिरिमण्डल भयो कि आसेपासेले गाउँशहरबाट ल्याएका विवरण हेर्न पनि पहिले बेहोस नहुने गोली होस् कि झोल पहिले त्यसलाई खोल गर्नै पर्ने भएको छ । यस्सो होलिवाइन नामक प्रभुतुर्के झेलतेल चढाएपछि बल्ल आँट निकालेर त्यो असम्भव देखिएको चुनाव भैदिहाल्यो भने कति सिट आउला भनेर गनेको त झन्डै एउटा ट्याक्सीमा हुने सिटजति मात्र पो निस्क्यो । अरू सिट त यो पुसको कुहिरोले भुस बनाएछ कि भदौरे धूवाँको धुइरोले केही पत्तै भएन ।

साह्रै मन गल्यो । हातले माथसम्म पुग्न पनि सगरमाथा उक्लिएको जस्तो गाह्रो मान्न थाल्यो । दिउँसै खै सपना हो कि बिपना हो कुहिरोले झैं धुइरिएर आउन थाले । भनन्न संसार यस्तरी घुम्यो जसरी अनेक थरी रेल पानीजहाज, ग्याँसका पाइपका कुरा सुनेर जनताको दिमाग घुमेको थियो । उता इतिहासकै महाकलङ्कको नाम पाएको हिंसात्मक कालखण्डमा विदेशी कौरवको इशारामा स्वदेशलाई अतिशय रौरव बनाउन ताण्डवको कुहिरो उब्जाएकाको त हालत अभिमन्युको जस्तो हुने डरभएर अनेक लबस्तराका पाउमा आफ्ना वाद चढाएर घ्याम्पासार दण्डवत गर्न पुगे भने तोडाको कुहिरो र उखाने बोली र बालबच्चालाई गोलीको कुहिरो दिनेको के हविगत हुनु ।

धन्न पञ्च हो हाम्रो हुन लागेको कन्तबिजोग तिमीहरूले सतचालिसतिरै सातो जानेगरी देखिसकेर ऊ पनि त उस्तै हो नि भनेर हाम्रो मन बुझाउने बाटो भएको छ । नत्र त हे हाम्रा नेपथ्यकानाथ ! हामीहरू चुनाव भैहाल्यो भने पनि त्यसमा भाग लिए पनि वा त्यसबाट भागे पनि हाम्रो हालत उही कुहिरोको काग !! जाडोको कुहिरो र गर्मीको किरो (लाम्खुट्टे) परेछन् फेरि उस्तै ! दुवैले सताउने उही ओराली लागेकाे हरिणको चाल, मुख देखाउन पनि मरेकै हाल भएकालाई मात्र रहेछ । त्यसमा पनि झन निहत्था स्कुले बालबच्चा त झन ज्याद्रो पो निस्के । रेलको झेलमा खेल देखाई देशलाई कहाँ  धसाउँला भनेको त यिनका जुलुसको कुहिरोले हाम्रा त्यत्रा गोलिगठ्ठा पानीको फोहोरा प्रहरी सबैलाई उल्टो थरहरी पारेर महाझेलीको एकमात्र सान हेली चढी भाग्दै जप्ने पराइ भगमान पो बनाइदिए त ।

जनमतको विरुद्ध तोडाको कुहिरोले छेकबार, त्यतिले नपुगे सिनो भोजन अपरम्पार गरेर सत्तामा पुगी कुहिरिमण्डल घुसखोरी, कमिसनखोरी, महाभ्रष्टाचार, राजनीतिक तथा पारिवारिक आफन्तवाद आदिको दुर्गन्धे छारो उडाएर विश्वकै तथाकथित उत्कृष्ट संविधान धान अन्तर्गतको शासनमा रमाएका हामीलाई बाटोमा भेटिएको लुतोसज्जित श्वान झैं ढाड जोगाउन आड खोज्नैपर्ने पो बनाइदिए । तै अझै तिनका बुद्धि अल्प नै रहेछ । नत्र अरूदेशमा भए आइनै सक्यो निदरी घाँटीमै काल खरानी बन्दैछ अब तेरै हाल बनाइसक्थे । तै पशुपतिनाथका नन्दी भृङ्गीले हामीप्रति दयालु बनिदिएछन् । हे अल्पबुद्धिको कुहिरो कोटिकोटी नमन छ तँलाई । त्यत्ति नभएको भए अहिले सम्साँझै दोबाटोमा कुकुर रोएकोजस्तो सुमधूर आवज उराल्दै हिँड्न कहाँ पाइन्थ्यो र ?!

बिचरा हाम्रा भूत प्रेत पिशाचका कलियुगी अवतार झोले झाम्टे जुम्रे जगल्टे भुसे पगल्टे उडुसे भुँडुसे डुङ्डुङे !! हाम्रो र तिनीहरूको हालत सम्झ्यो भने जेठोमामाको त यो गति कान्छामामाको भाङ्ग्राको धाेती भयो होला !? ती आसेपासे चम्चे धुपौरेतिर जब मन जान्छ चिन्ता र पिरलोको कुहिरोले ढपक्कै ढाक्छ । बिचरा तिनै त थिए नि हाम्रा हात भने पन लात भने पनि साथ भने पनि, हाम्रा आडमा बस्ने भने पनि देश र जनतालाई मिलिजुली डस्ने भने पनि ! ती पनि दबिएको राग र कुहिरोको कागै भए होलान् !! हे परचक्री महाप्रभु तिम्रै लहैलहैमा लाग्दा आज हाम्रो यो गतिभयो । अब कुन हाम्रा लागि त्यस्तो मज्जाको गणतन्त्रसित त्यो सङ्घियता र संविधान पनि सति जान्छ ?! विदेशका हे प्रभु लौन रक्षा गरिदेऊ, कुहिरोका काग हामीलाई अझै फेरि साथ देऊ ।

०००
२०८२ पुस २१
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x