साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुको दूध खा बरु

रामको कविता लेखेस् रामकै द्वारमा कुरेस् फर्कनन् दिन गद्दीमै वास मिल्ला कि गै बसेस्।। झिँगा र भुसुनामाथि क्याको तोप चलाउना पाडा दुही दही खाना जिन्दगी गीत गाउना !

Nepal Telecom ad

रमेश खकुरेल :

नङ्ग्राझैँ फल कोदोका किन हेर्छस् हिरा त्यता
यसको झोलले मात्रै छुँदै पुग्लास् कता कता।।

समात्यो कि समात्यो छ यो नङ्ग्राले दिमागमा
बिर्साउनेछ यसले विराम अथवा कमा।।

चित्र सुल्टी हुनन् उल्टी शीर्षासन गराउला
जान्ने मान्नेहरूसाथ व्यर्थ वाद बढाउला।।

कस्ता कस्ता झोल खाने गाउँले पनि गोदिए
नोटमा राप लाएर भक्भकाएर छोडिए।।

त्यो बाटो नै नहिँट् साथी गोरुको दूध खा बरु
पाडाकै सुकुटी धेरै महँगो छ चपा करु ।।

रामको कविता लेखेस् रामकै द्वारमा कुरेस्
फर्कनन् दिन गद्दीमै वास मिल्ला कि गै बसेस्।।

झिँगा र भुसुनामाथि क्याको तोप चलाउना
पाडा दुही दही खाना जिन्दगी गीत गाउना !

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x