नरनाथ लुइँटेलश्याम गाेतामे : साहित्यिक लेखनमा प्रवेश
सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ ।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाैतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
गोतामेको स्वभाव त्वरो, गम्भीर, लागेको कुरा प्याच्च भनिहाल्ने बानी मनोविनोदपूर्ण शैलीको साहित्यिक लेखनतर्फ कसरी मोडियो, यो अलि अनौठोलाग्दो प्रसङ्ग हो। उनलाई लेख्नका लागि प्रत्यक्षतः कसैले हौस्याएको या उत्प्रेरित गरेको देखिन्न। यद्यपि उनले लेखेको पहिलो हास्यव्यङ्ग्य रचना ‘मैले पनि पिउन सिके २०२५ साल माघ २६ गतेको “गोरस्वापत्र” मा प्रकाशित भएको पाइन्छ। नेपाली हास्यव्यङ्ग्यको आधुनिक कालको दोस्रो चरण २०१७ सालपछि निकै गम्केको थियो। भैरव अर्याल, रामकुमार पाँडे, वासुदेव शर्मा, श्रीधर स्वनालहरूजस्ता हास्यव्यङ्ग्य लेखनमा सक्रिय युवाहरुको सङ्गत श्याम गोतामेले पाएका थिए। सङ्गत गुनाको फल पनि होला सायद। उनीहरूसँगको सङ्गतले पनि सोझो नलेखेर व्यङ्ग्य अर्थात् बाङ्गो लेखनतिर गोतामेलाई डोहोऱ्याएको हुन सक्छ।
आफ्नो लेखनको सुरुवातबारे एक पटक गोतामे स्वयम्ले भनेका थिए- ‘आठ कक्षा मात्र पढेका मेरा मामा दामोदर उपाध्याय सप्तरीवाट आई हाम्रै घरमा बसेको बेला लेख लेखी गोरखापत्रमा छपाउँदा ममा एक किसिमको ईर्ष्या अटेसमटेस भएर आयो। जावो आठ कक्षा पढेको मान्छेले लेखेर पैसा पाउँछन् भने मैले त झन् आई.ए. पास गरेको छु, म किन नलेखूँ भनेर २०२५ साल माघमा ‘मैले पनि पिउन सिके’ शीर्षकको व्यङ्ग्य लेख लेखें र गोरखापत्रमा छपाएँ। (श्याम गोतामे अमृत दाहालसँगको कुराकानीमा आधारित, पूर्ववत् ।) यसरी आरम्भमै हास्यव्यङ्ग्य शैलीलाई आत्मसात गरेका गोतामेले जीवनभरी नै हास्यव्यङ्ग्य मात्र लेखेको पाइन्छ। उनको पहिलो मानिएको रचना ‘मैले पनि पिउन सिकेमा अम्मलीहरूको अम्मल-प्रेमवारे मनोरञ्जनात्मक ढङ्गले चर्चा गर्दै जाँड-रक्सीका अम्मलीहरूप्रति सशक्त व्यङ्ग्य गरिएको छ। आत्मपरक शैलीमा लेखिएको उक्त रचना उनको प्रारम्भिक रचना जस्तो लाग्दैन। वाक्यगठन, शब्दचयन, विषयवस्तुमाथि उनको पकड र प्रस्तुतीकरणको ढाँचा सिकारू र प्रथमोप्रथम् लेख्न थालेको लेखकले लेखेको जस्तो अनुभूति पाठकलाई हुँदैन। यसको अर्थ के लाग्दछ भने उनको प्रकाशित पहिलो रचना यही भए पनि लेखिएका रचना भने अरू पनि थिए होलान्। तर के कस्ता थिए, यो भने खोजीको विषय बनाउनुपर्ने देखिन्छ ।
२०२४/२०२५ सालवाट लेख्न थालेका श्याम गोतामेका २०२५ र २०२६ सालमा लेखिएका र “गोरखापत्र”, “समीक्षा”, “प्रतिध्वनि”, “रूपरेखा”, “मातृभूमि” जस्ता पत्रपत्रिका र हास्यव्यङ्ग्यपरक सामयिक सङ्कलनमा प्रकाशित भएका हास्यव्यङ्ग्य रचनाहरूको पहिलो कृतिको रूपमा मपाई निस्किएको थियो। कौवा प्रकाशनको १० औं प्रकाशनका रूपमा निस्किएको यस कृक्तिमा जम्मा १६ वटा हास्यव्यङ्ग्य रचना सङ्कलित गरिएको देखिन्छ। यस सङ्कलनमा परेका हास्यव्यङ्ग्य निबन्धहरू गोतामेका प्रारम्भिक चरणका निवन्ध भइकन पनि विसङ्गति र विद्रूपतामाथि कलात्मक तर जब्बर प्रहार गरिएको पाइन्छ। प्रारम्भकालको पनि पहिलो रचनामै व्यङ्ग्यको निशाना यस्तो मनोहर र सुन्दर देखिन्छ- ‘अम्मलीहरूमा आफ्नो अम्मलबाहेक अरू अम्मलको कटु आलोचना गर्ने वानी ठीक त्यसै प्रकार पाइन्छ, जसप्रकार पद गुमेका नेताले पदमा वहाल रहेकाहरूको विरोधमा तर्क दिने बानी लगाएको हुन्छ। (श्याम गोतामे- मपाईं कीवा प्रकाशन, २०२६ साल, पृ. ८८) गोतामेको पहिलो कृति मपाईमा यस्ता उदाहरणहरू प्रशस्त भेटिन्छन् ।
हास्यव्यङ्ग्य मै सर्वप्रथम कलम चोपी आजीवन हास्यव्यङ्ग्य मात्रै लेखेर गएका गोतामेको व्यङ्ग्य चेतना प्रारम्भमै पनि निकै सशक्त छ भने त्यो क्रमशः पछिल्लो चरणमा अझ उन्नत भएर गएको देखिन्छ। आफ्नै मामाको ईर्ष्या गरेर होस् या समकालीन हास्यव्यङ्ग्य स्रष्टाहरूसँगको सङ्गतले होस् यतातिर प्रवेश गरेका गोतामे हास्यव्यङ्ग्यको आधुनिक कालका एक वलिया स्रष्टाका रूपमा स्थापित देखिन्छन् ।
प्रकाशित पुस्तकाकार कृति तथा फुटकर रचना
श्याम गोतामेको साहित्यिक लेखनमा प्रवेशसम्वन्धी अघिल्लो उपशीर्षकमा मपाई कृतिको वारेमा थोरै चर्चा गरिसकिएको छ। उक्त कृतिसमेत उनका प्रकाशित कृति जम्मा चारवटा देखिन्छन् । वि.सं. २०२६ सालमा कौवा प्रकाशनद्वारा प्रकाशित मपाईपछि वि.सं. २०२७ सालमा रत्नपुस्तक भण्डारद्वारा उनको दोस्रो कृति जदौ। निस्किएको हो। जदौ। मा पनि मपाईमा जस्तै विभिन्न पत्रपत्रिकामा छापिएका हास्यव्यङ्ग्य रचनाहरूको सङ्कलन गरिएको पाइन्छ। हास्यव्यङ्ग्य शैलीमा सिर्जित यो कृक्तिमा गोतामेका एघार वटा निवन्धहरू समावेश छन्। यी निबन्धहरू यस कृक्तिमा सङ्कलित हुनुअघि ‘अन्तर्वार्ता’, ‘रिसेप्सन’, ‘नयाँ वर्षको भविष्यफल’, ‘चिप्लेटी खाएका मन्त्रीसँग एउटा भेटवार्ता’, ‘मेरो कदर गर्नुहोस्, अन्यथा नेपाल छाड्न्या छु ।’
कान्तिपुरीबाट स्वर्गपुरीतिर र उहाँले भन्नुभयो’ शीर्षकका ७ वटा निबन्ध “आरती” पत्रिकामा छापिएका थिए । बाँकी ४ वटामध्ये ‘सङगीत साँझ’ शीर्षकको एउटा निबन्ध “समीक्षा” मा ‘व्यङ्ग्य लेखको वजारभाउ’ शीर्षकको एउटा निबन्ध “प्रतिध्वनि मा ‘भविष्य दाटा’ शीर्षकको एउटा निवन्ध गोरस्वापत्र मा र ‘म अमर हुन चाहन्न शीर्षकको एउटा निबन्ध “मधुपर्क” मा प्रकाशित भएको देखिन्छ। समय अवधिका हिसावले २०२५ सालमा लेखिएका र छापिएका निबन्धहरू मपाईमा सडकलित छन मन २०२६ सालमा लेखिएका र छापिएका उनका निबन्धहरू ‘जदौ’मा सङ्कलित गरिएको पाइन्छ ।
गोतामेको तेस्रो हास्यव्यङ्ग्य कृति कायेनवाचा २०३३ सालमा साफा प्रकाशनवाट प्रकाशित भएको थियो। यस सङ्ग्रहमा जम्मा १७ वटा हास्यव्यङ्ग्य निबन्धहरू सङ्कलित गरिएको छ। निम्नलिखित निवन्धहरू यस सङ्ग्रहमा समाविष्ट भएको पाइन्छ- ‘मेरा पाहुनाहरू’, ‘सफलताको ओखती’, ‘वीरबहादुरको दशै’, ‘अल्सर, क्यान्सर र डाक्टर’, ‘नेता’, ‘महँगी र काम्पोज’, ‘केही सम्झिएका अनुहारहरू’, ‘प्रूफ-रिडर’, ‘म अमर हुन चाहन्न’, ‘डाक्टर द्रव्यपिशाच’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता’, ‘लेखक र वुट-पालिस’, ‘म अरूको आँखामा’, ‘महान् व्यङ्ग्यकारसँग अन्तर्वाता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘गोतामे-परिवारको आदर्श डाढो’ र ‘लेख कसरी तयार गर्ने ?’, मपाई सङ्ग्रहमा पूर्वसङ्कलित ‘महान व्यङ्ग्यकारसँग अन्तरवार्ता’ र ‘गोतामे परिवारको आदर्श डाढो’ शीर्षकका दुईवटा निवन्ध र जदौ। सङ्ग्रहमा पूर्वसङ्कलित एउटा निवन्ध ‘म अमर हुन चाहन्न’ पनि पुनः यस कृक्तिमा पनि सङ्कलित हुन पुगेका देखिन्छन्।
यस कृतिमा भने अघिल्ला दुईवटा कृक्तिमा जस्तै रचनाहरूको पूर्वप्रकाशित स्रोत उल्लेख गरिएको छैन। त्यसो हुँदा यसमा सङ्कलित निवन्धहरू के कहिले लेखिएका हुन वा कुन कुन पत्रिपत्रिकामा छापिएका हुन् अथवा पहिलोपटक नै यसै सङ्ग्रहमार्फत प्रकाशित भएका हुन् किटेर भन्न सकिन्न। कायेनवाचापछि १३ वर्षको अन्तरालमा २०४६ सालमा आएर गोतामेको चौथो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य प्रकाशित भएको देखिन्छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानवाट प्रकाशित यो कृतिको शीर्षकले नै बताउँछ, गोतामेका पूर्वप्रकाशित वा अन्य कृतिहरूमा सङ्कलित भएका नयाँ र पुराना २२ वटा महत्त्वपूर्ण हास्यव्यङ्ग्य रचनाहरू यसमा समाविष्ट छन्। गोतामेका हालसम्म प्रकाशित कृतिहरूमा यो पछिल्लो कृति हो।
यसमा सङ्कलित निवन्ध-रचनाहरूमा क्रमशः ‘चर्चा पानीको/चियो घूसको’, ‘मेरो नाउँ खोइ ?’, ‘प्रूफ रिडर’, ‘खजाञ्ची वाजेको सम्झना’, ‘डा. दव्यपिशाच’, ‘छोले भटुरेको विमोचन मपाई विज्ञापनको विज्ञापन’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई वहिनीको निम्ता’, ‘मेरा पाहुनाहरू, घाँस’, ‘साहित्यमा वणिकवृत्ति’, ‘भेंडी सेवा नियमावली’, ‘महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘सेलाएको साहित्य’. बहिदारको छनौट’, ‘लेख कसरी तयार गर्ने ?’, ‘माइसाप’, ‘शुद्ध किन लेख्ने ?’, ‘तेखक र वुटपालिस’ र ‘बन्दको बन्दोवस्त’ रहेका छन्। यो २२ वटा निबन्धहरूमध्ये मेरो नाउँ स्वोई ?’, ‘प्रूफ-रिडर’, ‘डा. दव्यपिशाच’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता’, ‘महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘लेत्व कसरी तयार गर्ने ?’ र ‘बुट-पालिस’ शीर्षकका ९ वटा निबन्धहरू गोतामेको कायेनवाचा कृतिमा परेका निबन्धहरू हुन् भने ‘मपाई’ र ‘भुँडी सेवा नियमावली’ दुईवटा निबन्धहरू मपाई सङ्ग्रहमा परेका निबन्धहरू हुन्।
यस कृतिमा समाविष्ट ‘महान् व्यङ्ग्यकारसँग अन्तवार्ता’ शीर्षकको निबन्ध भने यस अघिका मपाई, जदौ। र कायेनवाचा तीनवटै सङ्ग्रहमा नछुटेको निवन्ध हो। बाँकी ११ वटा निवन्धहरू भने पहिलोपटक यस कृतिमा सङ्ग्रहित भएको देखिन्छ। ती ११ वटा निवन्धहरू यसमा सङ्ग्रहित हुनुपूर्व कुनै पत्रिकामा प्रकाशित भइसकेका हुन् कि, हुन भने कुन कुन निबन्ध कुन कुन पत्रिकामा छापिएका थिए, या नछापिएका भए कहिले कहिले लेखिएका थिए भनेर किटान गर्न नसके पनि २०३३ सालपछिको समयअवधिमा लेखिएका हुनसक्ने अनुमान गर्न सकिन्छ। यो पछिल्लो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यमा गोतामेका सवर्वाधिक राम्रा हास्यव्यङ्ग्य निवन्धहरूको छनौट गरी समावेश गरिएकोले पनि त्तङ्ख्यात्मक रूपमा मात्रै होइन गुणवत्ताको हिसावले पनि महत्त्वपूर्ण कृति मान्न सकिन्छ।
श्याम गोतामे हास्यव्यङ्ग्य लेखनमा करीव ३ दशक क्रियाशील रहेका देखिन्छन् यति लामो कालखण्डमा उनका कृतिहरू चारवटा मात्रै देखिनु अलि अनौठोलाग्दो कुरा हो। ०३४ सालपछि राष्ट्रिय वाणिज्य बैंकको जागिरे जीवनको सुरुवातसँगै उनी राजधानी वाहिर रहन थाले। यो क्रम झण्डै २०५० सम्म नै तन्किएको छ। २०३४ देखि ०४७/०४८ सम्मको अवधिमा गोतामे आफ्नो लेखनमा निस्क्रिय रहे भन्नै नसकिए पनि यस अवधिमा उनले तुलनात्मक रूपमा कम नै लेखेका छन्। अस्थिर स्वालको बसाइ, साहित्यिक वातावरणको अभाव र अन्य कतिपय कारणहरू होलान् जसले उनलाई हास्यव्यङ्ग्य रचना सिर्जनामा ०३३ साल अगाडि वा ०४८ साल पछाडि जस्तै सक्रिय रहन दिएनन्। यस अवधिका थोरै रचना उनको पछिल्लो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यमा सङ्ग्रहित देखिन्छन् ।
०४८ सालपछि भने गोतामेको लेखनले पुनः गति लिएको पाइन्छ। यस अवधिमा उनका रचनाहरू ‘जनमञ्च’ साप्ताहिक र ‘हिमालय टाइम्स’ दैनिकम नियमित रूपमा प्रकाशित भएका छन्। ‘कान्तिपुर’, ‘गोरखापत्र’, ‘मुस्कान’, ‘सगरमाथा ‘नेपालीपत्र’, ‘रचना’, ‘विश्वमित्र’ आदि पत्रपत्रिकामा समेत उनका हास्यव्यङ्ग्य रचनाहरू छापिएको देखिन्छ। २०४८ सालपछि ०५५ सालमा उनका देहान्त नहुँदासम्म पत्रपत्रिकामा छापिएका उनका फुटकर रचनाहरूको सङ्ख्या करीव २०० रहेको छ।
प्रजातन्त्रको पुनरस्थापनापछि देखापरेका नयाँ-नयाँ राजनीतिक सामाजिक विसङ्गतिमाथि हास्यव्यङ्ग्यात्मक प्रहार गर्दै लेखिएका केही फुटकर रचनाहरू यस प्रकार छन्- ‘नैतिक वारेन्ट’ (कलियुग, २०२८ साउन), होटल हुन्छ हजुर’ (मुस्कान २०४६ वैशाख जेठ), ‘गाईजात्रे लेखक सम्पादक’ (मुस्कान, २०४७ असार साउन), ‘साइँदुवा’ (गोरत्वापत्र, ०४७ चैत्र), ‘प्रसङ्ग परजीवी हाकिमको कुरो कुलोको (जनमञ्च, ०५० कार्तिक- ९), ‘राष्ट्रिय पखालाभन्दा वैचारिक कब्जियत वेस (जनमञ्च, ०५० मङ्सिर १६), ‘भोजन भट्टहरूको भट्टराई भजन’ (जनमञ्च, ०५० पुस १५), ‘हास्यव्यङ्ग्यमा लस्वपति पुरस्कार एक गिद्यावलोकन’ (जनमञ्च, ०५१ वैशाल २९), ‘मांशाहारी परिवेशमा शाहाकारी चुनाव’ (विश्वमित्र, ०५१ साउन १), ‘कुजातको छोरा भए, अब भोट खसाले’ (विश्वमित्र, ०५१ साउन १६), ‘उम्मेदवार मतदाता संलाप (जनमञ्च, ०५१ कार्तिक १७), ‘मतदाताको मनस्थिति’ (कान्तिपुर, ०५१ असोज ८), ‘नेपाली साहित्यमा आत्मपुराणको प्रविधि’ (जनमञ्च, ०५१ असोज ६), ‘सूचनामन्त्रीको स्तुत्य सूचना’ (जनमञ्च, ०५१ चैत्र २३), ‘के चरित्रको हत्या सम्भव छ ?’ (जनमञ्च, ०५२ वैशाख २८) ‘ठूला वडालाई लाग्नुपर्ने रोग’ (गो.प. २०५२ वैशाख १६), ‘घूस र जागिर एक संस्मरण’ (जनमञ्च, ०५२ जेठ ४), ‘राजस्व भक्षणको राजनीति (जनमञ्च, ०५२ जेठ २५), ‘हाम्रो पुपुरी र प्रजातन्त्र’ (जनमञ्च, ०५२ असार १५), ‘सपूत थरिथरिका’ (जनमञ्च, ०५२ साउन ११), ‘राजनीतिका वहुआयामिक नेता’ (जनमञ्च, ०५२ साउन २५), ‘के तपाई स्थापित लेखक हुनुहुन्छ ?’ (फुमन्तर, ०५२ भदौ), ‘मेरा व्यङ्ग्य अग्रजहरू’ (मधुपर्क, ०५२ भदौ), ‘भोट दिने र भोट माग्ने बटारिएका केही कुरा’ (नेपालीपत्र, ०५२ मङ्सिर ५), ‘मन्त्रीहरूको मौनधारण र राष्ट्रिय खाँचो’ ( जनमञ्च, ०५२ मङ्सिर २१), ‘देशलाई सञ्चो छैन’ (हि.टा., ०५२ पुस १४), ‘सजिलो नेपाली राजनीतिक व्याकरण’ (हि.टा., ०५२ माघ), ‘चाहिएन यस्तो प्रजातन्त्र’ (हि. टा.. ०५२ माघ ११), ‘पस्वालाले पीडित हाम्रो प्रजातन्त्र’ (जनमञ्च ०५२ माघ २०), ‘विभिन्न वादहरूमा टाक्सिएको धन्यवाद’ (हि.टा., ०५२ फागुन ३), ‘ने.टि.भी. मार्फत् जँड्याहा अभिव्यक्ति’ (सगरमाथा, ०५२ चैत्र ८), ‘कुरा औकातको प्रसङ्ग गणितीय पराजयको (हि.टा., ०५२ चैत्र १५), ‘कसैको सपना हाम्रो विपना किन हुने ?’ (जनमञ्च, ०५३, वैशाख २७), ‘राजा गुहार्ने फटाहा हुँदैनन् (जनमञ्च ०५३ जेठ २८), ‘अनशन बस्ने 7 तोडाउने प्रविधि’ (जनमञ्च ०५३ असार २७), ‘पूर्वपञ्चहरूको प्रस्वर पलाई’ ( जनमञ्च ०५३ असार २), ‘अज्ञात आस्थाका कुजात समीकरण’ (जनमञ्च ०५३ असार ६), ‘प्रजातन्त्रका संरक्षकहरू । चेतावनी ग्रहण गर्ने कि ?’ (हि.टा. ०५३ असार ३०). ‘नैतिकता वार केही अनैतिक अभिव्यक्ति’ (हि.टा ०५३ साउन २७), ‘गाडी सुविधा संसदीय दलाली’ (हि.टा. ०५३ साउन २०), ‘वहँदाे राजनीति र बेइमान राजनेताहरू’ (जनमञ्च ०५३ भाद्र ६), ‘प्रजातन्त्रले आत्महत्या गर्ला कि ।’ (जनमञ्च, ०५३ माद १३), ‘वर्तमान सरकारको औचित्य के ?’ (हि.टा. ०५३ भाद्र ३०), प्रजातन्त्रका अङ्गरक्षकहरू (सगरमाथा, ०५३ असोज २६), ‘विश्वासको मत किन ?’ (जनमञ्च ०५३ पुस १८), ‘पराजयको श्रेय हनुमानहरूलाई’ (जनमञ्च ०५३ माघ १७), ‘राष्ट्रिय सरोकार एवम् सरोकारवालाहरू ?’ (जनमञ्च, ०५३ फागुन १६) ‘रुग्ण प्रजातन्त्र रूदी लगाउने हो कि ?’ (जनमञ्च, ०५३ चैत्र २१), ‘बूढाहरू प्रायः पात्तिएका हुन्छन्’ (कामना, ०५४ भदौ), ‘वासुदेव पुरस्कार: सर्पको खुट्टा’ (रचना, ०५४ कात्तिक/मङ्सिर), ‘छाँट गतिलो छैन’ (कान्तिपुर, ०५४ कार्तिक ८), ‘पत्रकारिताको खलासीकरण’ (गो.प., ०५४ मङ्सिर २१), ‘निफुल्किएका कुराहरू’ (कान्तिपुर, वैशाख १७) आदि। करीव २ सय रचनाहरूमध्येबाट टिपिएका यी केही शीर्षकहरू हुन्।
हप्तामा दुई तीनवटासम्म लेखिएका गोतामेका यी रचनाहरूमा समसामयिक राजनीतिमा विद्यमान विसङ्गतिमाथि प्रहार गर्दै प्रजातन्त्रको नाममा गरिएको भाँडभैलीतन्त्रको खिल्ली उडाइएको पाइन्छ। पत्रिपत्रिकाबाट सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशित गर्ने हो भने गोतामेका हास्यव्यङ्ग्य रचनाहरूका अरू थप ४/५ वटा राम्रा कृतिहरू पाठकका हात लाग्ने थिए। यसतर्फ सबैको ध्यान जानु जरूरी छ।
क्रमश : अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest







































