साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थेगो

बदमासलाई मान्नुपर्छ भन्ने तपाई बदमासको सरदार ठहरिनु हुन्छ । हुन त तपाईंकाे थेगो उसलाई थाहा छ तर अरु कसैसँग पनि तपाईंले यसै भनिदिनुभयो भने पर्नु हुनेछ आफू फसादमा ।

Nepal Telecom ad

काेमलप्रसाद पाेखरेल :

जिज्यू, च्याब्जुका पालादेखि नै थेगोको प्रचलन प्रसस्त मात्रामा हुँदै आइरहेको पाइन्छ । कतै कतै मात्र यसले संयोजकको काम गरेको छ भने धेरै ठाउँमा यसले अर्थलाई अनर्थ पारेर भताभुङ्ग बनाइदिएको छ । पाँच प्रतिशत पनि ठीक अर्थमा प्रयोग भएको पाइँदैन । भन्नेलाई राम्राे भनेजस्तो लाग्छ तर सुन्नेले सजिलैसँग गल्ति थाहा पाइहाल्छ ।

यी थेगाहरु विभिन्न किसिमका हुन्छन् । जसमध्ये मुख्य मुख्य योगाहरु निम्म अनुसार छन् :-

१) कन्ने थेगो – यो नानीदेखि लागेको बानी हो । भकभके प्रवृत्तिबाट यो थेगो उत्पन्न हुन्छ। यसको चिन्ह ‘अँ’ हो । कुनै कुरा भन्नु पर्याे भने “अँ…” गरेर मात्र अरु कुरा भन्ने बानी रहेको हुन्छ । नकनिकन यो उच्चारण गर्न सकिँदैन । कसैकसैले भाषण गर्दा यसको ज्यादा प्रयोग गर्छन् । केटाकेटी अवस्थामा आमा बाबु अथवा गुरुबाबुहरुले ज्यादा हप्काएमा क्रमशः बालकहरुमा भकभकाउने प्रवृत्तिको सृजना हुन्छ । यसबाट बोल्दा उल्टा अर्थ नलागे-तापनि लाभभन्दा यसले हानी न ज्यादा गर्छ ।

२) अन्कनाउने थोगो :- यो प्रायः दश, एघार वर्षदेखि शुरु भएको पाइन्छ। यस थेगाको पूर्ण विकास वीस, एक्काइस वर्षदेखि हुन्छ । केही बालकहरु सानै उमेरदेखि ढाँट्ने प्रवृत्तिका हुन्छन् । उनी-हरुले लुकाएको वा भेट्टाएको चीजको विषयमा उनीहरुलाई सोध्यो भने अकमकिएर “केरे ?” भन्छन् । उमेर साथ ‘केरे’ मात्र पनि छिपिदै जान्छ । यसरी बानी परेपछि आफूले मान्ने प्रतिष्ठित व्यक्तिले बोलाउँदा पनि ‘केरे’ नलाई बोल्न आउँदैन । अर्थ न वर्थ शब्द पिच्छे ‘केरे’ लाग्छ । चारवटा शब्द भन्दा पाँचवटा ‘केरे’ लागेको पत्तै हुँदैन ।

३) बुढ्यौली थेगो :- यो सुनेकै भरमा निस्किने थेगो हो। अलि अलि नेपाली बुझ्ने विदेशीहरुले त यो थेगो लगाएर बोल्दा पटक्कै बुझ्दैनन्। चैंजो, हाम्रो पञ्चायतमा प्रधानपञ्च चैःञ्जो, निर्विरोध चुनिए ।” अब यो वाक्यबाट तपाईंहरु के बुझ्नु हुन्छ ? म त चैञ्जो नाम भएका व्यक्ति प्रधानपञ्चमा निर्विरोध चुनिएछन् भन्ने अर्थ लाउँछु । २००७ साल भन्दा अघि चैञ्जो धेरै प्रभावशाली थियो । प्रायः राणा खान्दान र ठूलावडा साहू महाजनहरु ‘चैंजो’ नलगाई बोल्न अभिशाप सम्झन्थे । जुँगा मुसारेर ‘चेञ्जो’ यो कुरा यस्तो हुनुपर्छ’ भनेपछि लाटासीधा र गरीव दुःखीहरुको सातो पुत्लो उड्थ्यो ।

एकप्रकार चेञ्जोले ऐनकै काम गरेको थियो भन्दा पनि हुन्छ । त्यतिवेला माथिल्लो दर्जाका मानिसहरुले मात्र चैञ्जो प्रयोग गरेको सुन्दा यसको अर्थ हुनुपर्छ जस्तो लाग्छ । मेरो आफ्नाे विचारमा ‘चैन’ को अर्थ मोजमज्जा र ‘जो’ को अर्थ भए जति (सेरो फेरो सबै मेरो) हुनुपर्छ । चैञ्जो चाइनेजो, जैञ्जो, चञ्जो, चाइँजो, जाइञ्जो, चाइने आदि विभिन्न रुप छन् यसका । मेरो आफ्न व्याकरण अनुसार यी सबै ‘चैञ्जो’ का तत्सम शब्द हुन्। जेहोस् सामन्ती युगमा यसको शाब्दिक अर्थ भएता पनि अहिलेको मनोवैज्ञानिक युगमा यो बेढंगे थेगाको अर्थ छैन ।

४. आदरार्थी थेगो :- यस थेगाको शुभनाम ‘तपाईं को’ हो। बालक अवस्थामा कसैलाई ज्यादा कर लगाएर ‘तपाईं’ भन्’ भनेर मात्र सिकायो भने ठूलो भएपछि यो बानी लाग्नु स्वाभाविकै हो । शुरुशुरुमा त खेपैपिच्छे ‘तपाई’को’ भनेको सुन्दा ‘क्या सभ्य मान्छे रहेछ’, भन्छन्, सबैले । तर वर्षाकालका नदीहरु बगे जस्तो जथाभावी ‘तपाई’को’ भनेको सुन्दा मगज सड्केको मान्छे रहेछ भन्न करै लाग्छ सुन्नेलाई । कुनै ठाउँमा त राम्रो तरिकाले, सभ्य-पारामा कुरा गर्दा गर्दै पनि मरुन्जेल कुटाई खानु पर्छ । ‘तपाईं को, श्रीमतीले निकै ढिपी गरिन् र पाँचदिन दार्जिलिङ्ग घुमाएर ल्याएँ। तपाईंको, श्रीमती अरु कसैसँग हिँड्न मान्दिनन् म बाहेक ।’ यस्तो कुरा गर्दा अर्को सुन्ने मानिसले आफूलाई जार संझेन त आफ्नी श्रीमती लाने ? कुरो अप्ठारो छ, लेख्दा अल्प-विराम लगाए पनि बाेल्दा ‘तपाईंको श्रीमती नै सुनिन्छ । यस थेगाले पनि नोक्सान मात्र होइन आफ्ना इष्टमित्रहरु पनि इखिन सक्छन्, नराम्रो घतले ।

५) आधुनिक थेगो :- यो थेगो त एक प्रकारको बाेल्ने ढाँचा नै भइसकेको छ । केही जान्ने बुझ्ने, पढालेखाहरुले मात्र यसको प्रयोग गरेको पाइन्छ । यसको जन्म भएको धेरैदिन भएको छैन । शायद सभ्यताकै चिन्ह हो भनेर अनुशरण र अनुकरण गरेका होलान् । मिलोस् कि नमिलोस् एकै चोटी ‘माने’ खान थाल्छन् सभ्यहरु । भाषण गर्दा पनि सर्वप्रथम ‘माने’ ले स्थान पाउँछ। कुनै विद्यार्थीले ‘माने’ बाेकेका गुरुबाबुसँग “सुपारीको माने केहो सर ?” भनी सोधेछ भने उसले उत्तर पाउँछ “माने, नट ।” अब विद्यार्थीले संझेला “माने छैन ।” हो ‘माने छन्’ मात्र बुझेर चुपलागी बसे त के थियो र ? तर हाम्रा सरले पनि सुपारीको माने (अंग्रेजी) जानेनन्, भन्ने हल्ला गाउँभरि फिजाइदियो भने…? त्यसैले माने’ लगाएर सभ्य बन्नु त्यति उचित देखिएन ।

अब यिनीहरुका सहायक थेगाहरुका विषयमा केही उल्लेख गरौं । यी थेगाहरु उत्तर दिने व्यक्तिहरुका मुखबाट निस्कन्छन् । उपयुक्त थेगाहरुको भन्दा यिनीहरुको केही महत्व छ । यिनीहरु पनि धेरै किसिमका हुन्छन् । जस्तै:- ज्यू हजूर, तब त… हो…, मान्नु पर्छ, कोनि त, होलाहोला, हन होर… आदि। यी थेगाहरुले बोल्ने मान्छेको भनाइलाई पुष्टि गर्दछन् । सही लगाउँदा ज्यू र हजुरलाई बढ्ता स्थान दिएमा राम्रो लाग्छ। कसैले केही भन्यो भने ज्यू, हजूर भन्ने चलन छ । ठीक ठीक सिलसिला मिलाएर भनेमा मात्र यसको सुहाउँदो प्रयोग हुन्छ । जथाभावी भन्यो भने धेरै नराम्रो सुनिन्छ। कुन साथीले जिस्किएर ‘तपाईंलाई त सबैले चोर भन्दा रहेछन् नि ?’ भनी सोध्यो भने तपाईं विचारै नगरी ‘ज्यू’ भन्नु होला । छेउछाउमा बसेका श्रोताहरुले त तपाईंलाई चोर सावित गर्नेछन् ।

येगो अनायास निस्कन्छ भन्ने त तपाईंलाई थाह छ। त्यसैले कुन नगरेको अथवा नभएको कुरालाई ‘हो’ भन्ने थेगाले भएको पुष्टि गर्छ भने ‘कोनि त…’ ले जानेको कुरा पनि नजानेको जस्तो हुन्छः। “राम एउटा भयङ्कर बदमास मान्छे रहेछ” भनेर हरिले भन्यो । अब तपाईंले ‘मान्नुपर्छ’ भन्ने थेगो लगाइदिनुभयो भने अर्थ कस्तो हुन्छ ? बदमासलाई मान्नुपर्छ भन्ने तपाई बदमासको सरदार ठहरिनु हुन्छ । हुन त तपाईंकाे थेगो उसलाई थाहा छ तर अरु कसैसँग पनि तपाईंले यसै भनिदिनुभयो भने पर्नु हुनेछ आफू फसादमा ।

‘कोनि त’ ‘होला-होला ‘हो र ?” आदि थेगाहरुले शङ्का र अनिश्चितता बुझाउनु बाहेक अरु केही गर्दैनन् । हामीले कुनै ठोस कार्य अथवा सभामा प्रस्ताव पारित गर्नु छ भने यस्ता शङ्काजनक थेगाले पूर्णतया विकासमf बाधा पुर्याउँछ ।

निचोडमा के निचोरिन्छ भने थेगाहरु बाेल्दा मात्र प्रयोग गरिन्छन्  लेख्दा हैन। धुरन्धर थेगोवेत्ताहरुले पनि लेख्दा थेगो लगाएको कुनै इतिहासमा पाइएको छैन, चाहे बोल्दा थेगाको कारणले कुटाईन खाउन् । यसबाट थाहा पाउन सकिन्छ कि थेगो ठीकसँग (प्रष्टसँग) नडराई नधकाई बोल्न नसक्दा मुखबाट अनायास निस्किएको एक किसिमकाे बिसाउनी हो ।

सौगात, वर्ष ५, अङ्क ४ (२०२६)

०००
हाउडी पुराण (२०५२) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
सक्यो है सक्यो

सक्यो है सक्यो

काेमलप्रसाद पोखरेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x