साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के भयो के भयो ?

आमाको ममता र मान अहिले मूर्च्छा पर्यो बेसरी । आजादीपन आज बन्धक भई बर्ष्याे झरी निर्झरी ॥ जागौँ स्याल हुँडार खेद्न भनियो बलेर आशा दियो । खोज्दा वल्लभ हुन्छ कीचक खडा खै के भयो के भयो ??

Nepal Telecom ad

हरि खनाल :

धर्तीकाे गरिमा सदा मुलुक यो स्वर्गीय आभा दिने ।
हाम्रो सौर्य अतुल्य विश्वभरि नै सम्मानले सम्झिने ॥
बढ्दा राप धरापले दिनदिनै आधार खाँदै गयो ।
खोज्दा अश्व घुस्यो हुँडार घरमा खै के भयो के भयो ??१

नाना अङ्ग र रङ्गको मिलनले नेपाल सिङ्गो तन ।
बोली बोल कला सहिष्णु सबला सम्पूर्ण सड्लो मन ॥
मेची साथ अदम्य भाव रसको काली बनेकी पयो ।
खोज्दा अमृत भेटियो विष नयाँ खै के भयो के भयो ??२

टिष्टादेखि कुमाउँसम्म अहिले वीरत्वका तोक छन् ।
ल्हासा मार्ग कुती पहाडभरिका आवाजमै शोक छन् ।
नेपाली इतिहासका हरफमा मात्रै कथाझै रह्यो ।
खोज्दा राम मिलेछ रावण कठै ! खै के भयो के भयो ??३

टल्कन्छन् गहना टिलिक्क भरिला सौन्दर्यका उत्तर ।
मैना कुक्कु अपूर्व गान सुरिलो बारी बगैंचाभर ॥
डाँफे साथ मयूर नाच भवको हो धाम शाकार यो ।
खोज्दा केशव भेटिए खलहरू खै के भयो के भयो ?? ४

आमाको ममता र मान अहिले मूर्च्छा पर्यो बेसरी ।
आजादीपन आज बन्धक भई बर्ष्याे झरी निर्झरी ॥
जागौँ स्याल हुँडार खेद्न भनियो बलेर आशा दियो ।
खोज्दा वल्लभ हुन्छ कीचक खडा खै के भयो के भयो ??५

०००
२०७८/०८/१०
मुजुरा कवितासङ्ग्रह (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x