साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकीका स्वरूपहरू

पल्क्याे सिक्किम खाइ यो अजिंगरे नेपाल खाँला भनी लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि । फाेरेट् छर्किनु पर्छ है सब मिली याे भाग्छ या मर्छ नै नेता नडराउ छाैँ पछिपछि यो देश जोगाउने।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

डाँगाे स्याल फलाक्छ दक्षिण दिशामा नित्य धोती कसी ।
त्यस्का झुन्ड कराउँछन् अधि सबै हाहा र हुहू गरी।
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आपने मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।।

अर्को पीर छ खेतमा पनि सधैं जालै गरी बस्छ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ
राखी पञ्च कुरा गर्यो यदि भने आफै कता मर्दछ ।।

दिल्लीभित्र अजङ्गका जखमले देख्दैन हात्ती पनि
नेपालीहरुका लिखा सहजले देखे कुरा गर्छ नि ।
यो उस्काे कुटिल प्रमाण अब ता संसारले जान्दछ
ब्वाँसाका मतियार हुन्‌ सब जना भन्ने कुरा मान्दछ ।।

ब्वाँसाले त स्वजातिका घरहरू भाँड्दैन यो सत्य छ,
त्यो भन्दा तल गिर्नु नीच पशुता भन्दा अझै पुज्छ छ ।
गिद्धे हो कि स्वयं लुछी अलीअली चोक्टा र लाम्टा गरी,
निल्ने दाउ लिंदैछ हे स्वजन हो भाँचाैँ चुचो बेस्सरी ।।

पल्क्याे सिक्किम खाइ यो अजिंगरे नेपाल खाँला भनी
लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि ।
फाेरेट् छर्किनु पर्छ है सब मिली याे भाग्छ या मर्छ नै
नेता नडराउ छाैँ पछिपछि यो देश जोगाउने।

अर्काको घर भाँड्न उद्यत हुने त्यो मन्थरापुत्र हो,
उस्काे साेच विहीन मूढ मति झन् त्याे श्वानकाे मूत्र हाे ।
आओ सिक्न सिकाउँछाैँ अबुझ हो सिक्ने छ बानी भने,
आओ लड्न तयार छौं खुकुरिको यो धार थाप्छाै भने ।।

०००
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x