फित्काैली डटकमहाम्रो नयाँ कर
सबैतिर कर तिरेर अनुभवी बनिसक्नुभएका तपाईंहरूलाई यो एउटा बाँचेको कर तिर्दा के फरक पर्छ र ? तपाईंहरूको यो सानो सहयोग र सद्भावले गर्दा हामी धेरैको भलो हुन्छ ।

ज्ञाननिष्ठ ज्ञवाली :
‘हामी एक समूह हौं । यो व्यक्तिगत मत होइन । हामीले सामूहिक रूपमा सेवाज उठाएका छौं । त्यसैले आफ्नो माग पूरा हुन्छ भन्ने कुरामा हामी विश्वस्त ।यो जायज मागलाई नमान्ने कोही हुने छैन । यदि हुन्छ भने त्यसलाई हम्काएर हाम्रो पक्षमा ल्याउने काम हाम्रै हनेछ ।’
‘हाम्रो माग राम्रो भएका कारण यसलाई नयाँ नेपाल परिकल्पनाको एक दत्त्वपूर्ण अङ्ग भने पनि फरक पर्दैन । अब हामी सबै मिलेर एउटा नयाँ मन्त्रालय नाउनुपर्छ । त्यसको नाम जुराउने पण्डित हामीसँग छन् । त्यसको नाम, ‘कर त्रिालय’ राख्नुपर्छ । कर मन्त्री हामीमध्ये छानिनुपर्छ अनि यस मन्त्रालयमा काम र्न कर्मचारी पनि थोरैमा ६ सय दुई त हुनैपर्छ। सबैतिरका कर यसै मन्त्रालयबाट उतुल्ने व्यवस्था हुनुपर्ने कुरामा हामी सबैले दीर्घकालीन समयसम्मका लागि सोनुपर्छ । नयाँनयाँ मन्त्रालय खोल्नैपर्छ ।’
‘अब यति धेरै मन्त्रालय किन थप्ने भन्ने प्रश्न आउन सक्छ । अनि ‘बजेट कताबाट दिने’ भन्ने कुरा हुन्छ । यस सन्दर्भमा हाम्रो मत फरक छ । हाम्रो मन्त्रालयमा छुट्टै बजेट छुट्याउन पर्दैन। हाम्रो जब नयाँ जोस, जाँगर र सोच छ । यो नयाँ सोच यसप्रकार छ, ‘अब नेपालमा बस्ने प्रत्येक व्यक्तिले महिनामहिनामा बाँचेको कर तिर्नुपर्नेछ । यदि विदेशीले पनि दिने इच्छा गरे हाम्रा दुवै कर आफै जोडिनेछन् ।’
‘यसप्रकारको कर कति तिर्ने भन्ने कुरा हामीले हाम्रो मन्त्रालयको खर्चको लागत हेरेर तय गर्नेछौं। यसका लागि एक उच्चस्तरीय समिति बन्नेछ । त्यस समितिमा स्वदेशी विदेशी सबैलाई भाग पुग्ने गरी समावेश गरिनेछ । यसमा बस्न कुनै पनि योग्यता चाहिँदैन न्यूनतम योग्यता जति भए पनि पुग्छ । एउटा उच्चतम योग्यता जति भए पनि पुग्छ । एउटा योग्यता भने हुनैपर्छ । त्यो हो, ‘जसरी पनि बाँचेको कर उठाउन सक्ने मस्यौदाको तारतम्य मिलाउने ।’
“यस किसिमको नयाँ मन्त्रालयको परिकल्पनालाई साकार रूप दिनका लागि हामी पहिले प्रदूषण हुने र त्यस प्रदूषणलाई पचाएर पनि बाँच्न सफल भएका जनतासँग कर असुल्छौं । त्यसपछि अन्याय, अत्याचार, दमन, शोषण सहेर भए पनि बाँच्न सफल भएका सबैसँग बाँचेको कर असुल्छौं । अनि हाम्रो क्षेत्र यस्तो महँगीमा पनि जागिरविना बाँचेर मीठै खाने, राम्रै लगाउने, उड़ने, गुड्ने यसरी दायाँबायाँ गर्ने जनता हुनेछन् । यो योजनालाई मुख्यमुख्य प्रदूषित र कोलाहलपूर्ण शहरमा मात्र सीमित नगरी देशव्यापी रूपमा गाउँगाउँमा पुन्याउनु हाम्रो ध्येय हुनेछ ।”
“लम्बा-चौडा कुरा नगरी अब अन्त्यमा सबै राष्ट्रभक्त, देशप्रेमी, सहृदयी परोपकारी जनसमुदायसमक्ष हामी यो विनम्र अपिल गर्दछौं, ‘हाम्रो यो योजनालाई सफल पार्न आआफ्ना ठाउँबाट पूर्ण सहयोग गर्नुहोला । सबैतिर कर तिरेर अनुभवी बनिसक्नुभएका तपाईंहरूलाई यो एउटा बाँचेको कर तिर्दा के फरक पर्छ र ? तपाईंहरूको यो सानो सहयोग र सद्भावले गर्दा हामी धेरैको भलो हुन्छ । हामीले ठाउँ पाउँछौं। राष्ट्रको प्रगति पनि गरौंला । अरू केके हुन्छ भन्ने त नयाँ मन्त्रालयमा हामी मन्त्री भएपछि आफैँ देख्नुहोला। कृपया यस प्रस्तावलाई विरोध गरेर कसैले पनि विकासको गतिलाई अवरोध नपुऱ्याउनुहोला । जय जनता…।”
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest












































