साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्राण्डेड- मान्छे !

ब्राण्डेड मान्छे भएपछि ज्यूँदो लाश भएर आर्यघाटमा जलिरहँदा समेत आफूले आफूलाई खास ठानिरहन्छ । विकासलाई सख्त घाइते बनाउने ब्राण्डेड झटारो हानिरहन्छ ॥

Nepal Telecom ad

गायत्री लम्साल :

म, उनी, तिनीहरु, उनीहरु
ब्राण्डेड हुन पल्केका मान्छे ।
नैतिकता बेचेर किनेको
ब्राण्डेड मष्तिस्क ।
भ्रष्टाचार गरेर किनेको
ब्राण्डेड जुत्ता ॥

बाबा र आमालाई
वृद्दाश्रममा पठाएर किनेको
ब्राण्डेड स्वीटर ।
छोराछोरीलाई ज्यूँदै
टुहुरा बनाएर किनेका
ब्राण्डेड कान्छी आमा र
कान्छा बाबाहरु ॥

लाज र शरमलाई बेचेर किनेको
मिडियाको ब्राण्डेड माया ।
अलिकति देश बेचेर किनेको
जे गरे तापनि
उन्मुक्ति पाइने
ब्राण्डेड न्याय ॥

आहा हामी मस्त छौँ ।
ब्राण्डेड मान्छे बन्नलाई
अँगालो भरि
फूलका माला बोकेर
आतुर छौँ स्वागत गर्न
यिनैलाई ब्राण्डेड मान्छे भन्नलाई ॥

साधारण मान्छे,
ब्राण्डेड मान्छे भएपछि
ज्यूँदो लाश भएर
आर्यघाटमा जलिरहँदा समेत
आफूले आफूलाई
खास ठानिरहन्छ ।
विकासलाई सख्त घाइते बनाउने
ब्राण्डेड झटारो हानिरहन्छ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x