साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध म भएँ

चिसोमा खोकीले खसखस गला सुक्दछ पनि अझै तातो बढ्दा हरपल हियो दुख्दछ पनि सबै लेख्ने पढ्ने समय सकियो वृद्ध म भएँ सबैलाई बिन्ती हृदय नदुखाओ अब गएँ ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

निदाएनन् आँखा असहज भयो जीवन किन
बगेका छन् आँखा जलधि चुहुँदै हर्दम किन
निसा लागे जस्तो वरपर घुम्यो फन्फन तन
कता के भो के भो थरर थर काम्यो तन मन ।

हिजो मेरा आफ्नै स्वजन कति धेरै घर थिए
अझै नाता-गोता वरपर नदी-सागर थिए
नफिर्ने बाटोमा पनि कति गए जीवन सकी
बसाईँ सर्दैछन् अनवरत बाँकी कति कति ।

लगाएका बाली समय नहुँदै काटिन पुगे
भए बाँझा पाखा जलधि नहुँदा लाटिन पुगे
कहाँ को छन् सुन्ने अब म कसरी पोख्नु विरह
समस्याका पोका सहज नखुले जान्छ र बह ?

म जन्मे हुर्केको जमिन जसरी बन्जर भयो
सुकेको माटोझैँ वदन पनि झन् जर्जर भयो
न छन् बोल्ने साथी हृदय बह खोलूँ म कसरी
न छन् छोरा छोरी सँग अब त बोलूँ म कसरी ?

चिसोमा खोकीले खसखस गला सुक्दछ पनि
अझै तातो बढ्दा हरपल हियो दुख्दछ पनि
सबै लेख्ने पढ्ने समय सकियो वृद्ध म भएँ
सबैलाई बिन्ती हृदय नदुखाओ अब गएँ ।

०००
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x