साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान आफ्ना बिग्रिँदा

आमा बुवाको चाहना सन्तानको होस् उन्नति चिन्ता हुने हो हर्दमै देख्दा यिनैको दुर्गति देखिन्न हाँसो ओठमा आँखा अकस्मात् बर्सिँदा आनन्द बस्ला को यहाँ सन्तान आफ्ना बिग्रिँदा ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

सन्तानका लीला सबै आमा बुवाका हुन् धन
क्रीडा यिनैका देखिँदा आनन्द मान्ने जीवन
बाँच्छौँ यिनैका निम्तिमा पीडा सहन्छौँ हर्दम
बिग्रे भने मर्छौँ स्वयं मर्नेछ बाँच्ने चाहना ।१

यो काख नै मैदान हो सन्तानले खेले यहीँ
छाती स्वयं भन्डार हो खाए यही हुर्के यहीँ
हुन् अंश हाम्रा जिन्दगीका वंश थाम्ने छन् यिनै
बिग्रे भने नासिन्छ जो सर्वश्व हाम्रो जीवनी ।२

शिक्षा भनेको मार्ग हो हिँड्ने त्यसैमा जिन्दगी
इच्छा भनेको एउटा लाने सुबाटो सारथि
सम्पूर्ण शिक्षा पाउँदा मात्रै हुने हो उन्नत
बाटो नराम्रो हिँड्छ जो गन्तव्यमा ऊ पुग्छ त ?।३

सत्मार्ग नै देखाउँछौँ आमा बुवा सन्तानमा
संस्कार नै सम्झाउँछौँ आमा बुवा सन्तानमा
सन्तान आफ्ना सप्रियून् भन्ने सदिच्छा हुन्न के ?
सन्तान आफ्ना बिग्रिए आत्मा बुवाको रुन्न के ? ।४

आमा बुवाको चाहना सन्तानको होस् उन्नति
चिन्ता हुने हो हर्दमै देख्दा यिनैको दुर्गति
देखिन्न हाँसो ओठमा आँखा अकस्मात् बर्सिँदा
आनन्द बस्ला को यहाँ सन्तान आफ्ना बिग्रिँदा ।५

०००
बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x