सुदन लुइटेलदासहरू
नुनको सोझा दासहरु नचाहेरै ताली बजाउछन् सच्चिने हुँदै होइन सक्किने जानेर बसेका छन्

सुदन लुइटेल :
एउटा निरङ्कुशलाई मालिक मानेर बसेका छन्
आँखा चिम्लेर रैतीहरु चिलिम तानेर बसेका छन्
युवाहरुको रगतको होली खेल्ने नरपिचासलाई
ज्युदा लासहरुले अझै देउता ठानेर बसेका छन्
दया माया होइन अभिमान दम्भ घमण्ड बोकेको
एउटा तानाशाहलाई सर्वश्रेष्ठ छानेर बसेका छन्
नुनको सोझा दासहरु नचाहेरै ताली बजाउछन्
सच्चिने हुँदै होइन सक्किने जानेर बसेका छन्
तर्साएर धम्काएर ज्यानमाराले गुलामहरुको भिडमा
कसैले छोएमा सिध्याउने शब्दबाण हानेर बसेका छन् ।
०००
तीनथाना, काठमाडाैं





































GAJJAB KO KABITA