दुष्यन्त भट्टराईपशुपति बाबा देश बचाऊ
देश रसातल अब नपुर्याऊ पशुपति बाबा देश बचाऊ । सबल हुने हो एक बनेमा लक्ष्य छ साझा अब त भनेमा यत्ति कुरा शिव आज बुझाऊ पशुपति बाबा देश बचाऊ ।

दुष्यन्त भट्टराई :
आन्दोलनको राप र ताप
मौका पाए पार्न सखाप
जल्नु जले जति अब नजलाऊ
पशुपति बाबा देश बचाऊ ।
के कमिलाका प्वाँख पलाए?
वा कमिला खै किन बहुलाए
पागललाई अब नचलाऊ
पशुपति बाबा देश बचाऊ ।
आस गरेका किन पछि पर्छन् ?
लक्ष्यविनाका अघिअघि सर्छन्
देश रसातल अब नपुर्याऊ
पशुपति बाबा देश बचाऊ ।
सबल हुने हो एक बनेमा
लक्ष्य छ साझा अब त भनेमा
यत्ति कुरा शिव आज बुझाऊ
पशुपति बाबा देश बचाऊ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































