हरि वंदीखञ्चुवा दर्शन र ममचा गीता
पेट पूर्तिका लागि यो गतिको लोकप्रिय जनतान्तिक खाद्य पदार्थमा राष्ट्रभरि प्रतिष्ठापित मान्यता प्राप्त घरेलु उद्योग सावित भएको छ। जय ममचा। जिन्दावाद । यो ममचा क्रान्तिप्रति हार्दिक अभिवादन।

हरि वंदी :
विश्वको जलसम्पदामा दीयो नम्बर टु नेपालको खोलानालाको भएभरको माजा हसुर्न सिपालु हामी सालाखाला नेपाली जतिसुकै तथाकथित अध्यात्मवादीमा परिए पनि यथार्थमा खन्चुवा दर्शनका अन्य अनुयायी हाैँ। खाइदेऊ, सवैया, खन्चु अथवा किंवा जे भने पनि चरम भौतिकवादी वस्तुनिष्ठ आदि दार्शनिक पुरुष चार्वाकको जीवन दर्शन हाम्रो जीवनमा परम रूपान्तरण निरन्तर तीव्रगतिमा विस्तार हुँदोछ र जनतादेखि नेतासम्म अधिकांश सर्वसम्मत ढङ्गले यस सार्वजनिक अभियानलाई सगरमायाभन्दा धेरै माथि तुल्याउन ठूलो होस्टे हैंसेमा दिनरात घनघोर तवरले जुटेका छन्। विदेश गमन, निर्वासन वा व्यापारबाट भएको आय आर्जन डलर, युरो, पौण्डदेखि भा. रु. र ने.रु, नगद वा जिनिस यही भेंडी भष्मासुरको कहिल्यै अतृप्त नहुने भण्डार पूर्ति गर्नमै केन्द्रित छ र अपरोक्षरूपमा अन्तिम गन्तव्यका लागि नारा जुलुसको प्रयोजन पनि प्रकारान्तरले भोजन दर्शनकै आपूर्तिको मन्तव्यतिर केन्द्रित छ।
यस परिपूर्तिको साझा चाहनाको ठूलो परिमाण ममचा संस्कृतिको नवपहिचानले माग आपूर्तिमा देशलाई ठूलो टेवा दिइरहेको विषय यो वर्तमानमा परिलक्षित हुन्छ। ममचा शब्द आफैँ पनि वास्तवमा महान् प्रतीत हुन्छ। मम अर्थात् संस्कृत भाषाबाट उद्भव भएको यो शब्दको सारांश स्वयं को नै हो र स्वयं भन्दा अर्को ठूलो कुरो दुनियाँमा के नै हुन सक्छ र ? आफ्ने आपूर्तिका लागि नै संसारका सबै आवश्यकताहरू सिर्जिएका हुन्छन्, होइन र ? र, आश्चर्य त यो ‘मम’ सँग ‘या’ प्रत्यय पनि जोडिएको छ, जसको चर्चा गरिनु पनि यस सन्दर्भमा समसामयिक हुनेछ। ‘या’ नेवारी भाषामा सानो को अर्थ अर्याउने प्रयोजनका लागि प्रयोग गरिन्छ तर यसको माने होच्याउने प्रवृत्ति दर्शाउने अर्थमा किमार्थ होइन, बरू माया जताउने उद्देश्यले सम्बोधन गरिन्छ।
नेपालीमा काताई बनेर कनिष्ठलाई केलाएजस्तै नेवारीमा नामको पाइडि ‘चा नोटेर बोलाइन्छ। यसो गर्दा यो बुख्याँचा’ भने हुँदैन। मोमो वा ममचालाई यही विशाल र व्यापक अर्थमा लिइन्छ। किनभने ममचा जाज देशका कनाकाप्चासम्म गल्लीगल्लीदेखि सविस्तार यसको पहुँच सनातन र सर्वव्यापक उपस्थिति दिनरात सबै पहरमा उपलब्ध छ। यसका विविध आयाममा दिन प्रतिदिन सुधार पनि त्यतिकै हुँदोछ। अर्यात् नन् भेजदेखि भेजिटेवल ममचा गुड्ने साधनदेखि रोलिङ फोल्डिङ सबै किसिमका टेवलमा तात्तातो ज्यूतार गराउन उपलब्ध छ।
हुँदाहुँदा ममचा, परिकार बालदेखिका बुद्धसम्म सबैको व्यक्तिगतबाट सार्वजनिक आहारमा ठूलो पर प्रतिष्ठामा सम्मानित भइसकेको अवस्थामा हाम्रा दूर दर्शनमा छिटो हसुर्ने प्रतियोगितासम्म आयोजना हुन थालिसकेका रहेछन्, कल्पना गरौं, भोलि नेपाली कथं कदाचित अन्तरिक्ष यानमा यात्रा गर्ने भएछन् भने त्यहाँ पनि ममचा दर्शन अवश्य पुग्नेछ। सर्वसाधारण, अनपडदेखि विद्वान् सबै जनता जनार्दनका लागि सुबोध्य, सुपाच्य, सुगम र सरल ममचा गीताले सायद अब भागवद् गीतालाई पनि उछिनिसकेको छ र पेट पूर्तिका लागि यो गतिको लोकप्रिय जनतान्तिक खाद्य पदार्थमा राष्ट्रभरि प्रतिष्ठापित मान्यता प्राप्त घरेलु उद्योग सावित भएको छ। जय ममचा। जिन्दावाद । यो ममचा क्रान्तिप्रति हार्दिक अभिवादन।
यो ममचाको आविभर्भावसँगै अवतार पुरुष ममचागीताकारको पनि अब ठूलो आवश्यकता छ र सबैले सजिलै निल्न सजिलो र पचाउन उत्तिकै कसरत नपर्ने ममचामाथि अर्को सहस्र अध्यायको गीता महात्म्य लेखिनु पर्ने खाँचो छ। भोकोको चरम र परम दर्शन ‘मोमो’ हो ।
०००
मधुपर्क-११७ (२०६४)
Subscribe
Login
0 Comments
Oldest







































