साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल चरम विकासतिर

बाटोभरि टाउको छड्किरह्यो । सुनको भाउ पो दिनदिनै बदलिन्छ अन्तर्राष्ट्रिय बजारमा, नेपालको राष्ट्रिय बजारमा त छिनछिनै फलामको भाउ पनि बदलिँदो रहेछ ।

Nepal Telecom ad

हरि वंदी :

यो टाउको पढ्दा तपाईंको टाउकोलाई अर्थ लाग्ला कुनै समाचारको टाउको हो । बिलकुल ठीक । टाउकैटाउकाको महत्त्व छ यहाँ, बोकाको टाउकादेखि समाचारको टाउकोसम्म । मेरो टाउकोलाई यो टाउकोले कसरी कुतकुत्यायो भने मेरो विश्वास अस्तिसम्म थियो- नेपाल विकासोन्मुख मुलुक हो । तर हिजो मात्र त्यो विश्वासको चीनको भन्दा पनि ठूलो पर्खाल तीन छक खाई ग्वार्लामगुर्लुम ढल्यो । कुरा के भयो भने वर्षाको खोलो पसेको मेरो घरलाई ढल्नवाट बचाउन तलो थप्ने सुरमा म बाटोमा हिँडिरहेको थिएँ- देखें काष्ठमण्डपको एउटा गोदामले फलामको छड थुपारेको रहेछ । पाइला त्यतैतिर बढाएँ । महँगीको छाडा व्यापारको अपार मौका छोपी काठउद्योगले पनि फलाम भित्र्याएछ । साहूजीसँग छडको कुरा छेडें । भन्न थाले- “हजुर, मोल त ४ लाइन छडको वाह रुपियाँ के. भी. मा खोसाखोस छ । हजुरजस्तो आफ्नो मान्छेलाई म एक सुका कम गरिदिन्छु।” मैले भनें- “साहुजी, सरकारी रेट त साढे दस छ नि ?” साहूजीले भने- “रेटसेटको कुरा नगर्नुस्, रेटको कुरा गर्ने भए गेटतिर लाग्नुस् हजुर !”

मैले झट्ट सोचें, यो हप्ता आफ्नो घरको ढलान हुने आजसम्म छडको पत्तो नै छैन । यो ब्ल्याक मार्केटको ब्रह्मलुटमा बजारबाट छड नै चट हुन के बेर ! अनि भाउका लागि साहूजीसँग बिन्तीभाउ गर्न लागें- “साहूजी, त्यसो नभन्नुस् ! जे भए पनि मलाई साढे एघारसम्म गरिदिनोस् ।” साहूजीले भने- “हुन त घटाउन नहुने हो तर तपाईंको मुख हेरेर एक रुपियाँ लौ भैगो म छोडिदिन्छु ।”

म दौडेर घर आएँ, सन्दुक खोलें र हजारको एक बिटो बोकें । झलक्क सम्झेँ, साहूजीले भनेको- ‘तपाईंको मुख हेरेर ।’ होइन, मेरो मुखमा के रहेछ र त्यस्तो भनेर ऐना उठाएर पुलुक्क हेरें, मुख त उस्तै हो, खालि बेफुर्सदीले दुई दिन यता झुस्स दारी पलाएको छ मुखभरि त्यति मात्र हो । मेरो दारीले साहजीको मनमा पक्कै दया लगाएन होता त !

म काठगोदामतिर जसरी दौडेर आएको थिएँ त्यसरी नै दौडेर पुगें । हेर्छ त साहूजी छैनन् । साहूजीको प्रतिनिधित्व गर्दै विदेशी भाइ देखा परे। मैले उनलाई भनें- “साहूजीसँग मोलको तय भइसकेको छ जोब्नुस् छड।” भारते भाइ भन्न थाल्यो- “ओ तो मालुम छैन हजुर, साहूजीको इन्तजार गरिलिनुस् ।” साहूजीको प्रतीक्षामा दुई घण्टा कुरिज खाएँ, तैपनि साहूजीको फिर्ती आगमन भएन । साहूजी भागेका रहेछन् एयरपोर्टतिर । सायद उतैबाट हवाईजहाज पक्डी उडे कि भन्ने लाग्यो । हताश भएर आखिर घर फर्के। घर भित्रनासाथै मुसलधारे घनघोर वर्षा हुन थाल्यो । दिनभर घरभित्र छिरेको खोलो पन्छाउनमै अति व्यस्त हुन पुगें । भोलिको सूर्य उदाउनुअघि नै थैलो वोकेर साहूजीकहाँ पुनः पुगें । सौभाग्यले आज विराजमान रहेछन् उनी । भर्ने- “लौ साहूजी, हिजो तपाईलाई पर्खदा आधा दिन गयो, अब जोख्नुस् छड ।”

साहूजी छडजस्तै कड्के- “हुन्छ म जोख्न लगाउँछु तर तपाईलाई अहिल्यै भनिदिन्छु, हिजोको जति आज हुँदैन नि मोल, हुने हो ?”

म पनि पड्किन पुगें- “के भन्नुभएको साहूजी ? हिजो र आजमै मोल फरक ?”

साहूजी झन् फलामको छडबाट इस्पात वन्न पुगे- “हेर्नोस्, हामीलाई दिनदिनैको भाउ विराटनगरबाट खबर आउँछ । आज बढ्यो । भोलि अझ वढ्ला के ठेगान् । रह्यो तपाईंको र मेरो कुरा, आज तेह पुगेको छ म तपाईलाई पच्चीस पैसाको सहुलियत दिन तयारै छु ।”

मलाई लाग्यो- साहूजीले मानौं त्यही छडले मलाई दनादन पिट्दै छ । म चुपचाप भाउन्निएर निस्कें कारण मैले बोकेको नोटको विटोमाथि हिजोको आजै अर्कै झन्डै उत्रै विटो थप्नुपर्ने स्थिति आयो । बाटोभरि टाउको छड्किरह्यो । सुनको भाउ पो दिनदिनै बदलिन्छ अन्तर्राष्ट्रिय बजारमा, नेपालको राष्ट्रिय बजारमा त छिनछिनै फलामको भाउ पनि बदलिँदो रहेछ । सायद नेपालले यस क्षेत्रमा विकसित मुलुकहरूलाई पनि उछिनिसक्यो ।

०००
उल्टोपट्टि (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x