साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यूटावर…

बेमौसमी बाजा ठोक्नु बुद्धिमानी कर्म होइन बालुवाको घर भत्किँदा दुखी बन्नु मर्म होइन आफ्नो औकात के हो कुन्नि ? सधैं हात उत्तानै छ सुकुलगुण्डा फुर्मासीमा धाक हान्नु सर्म होइन ?

Nepal Telecom ad

ई. कुमार खड्का :

हेर्दै त्रीपुर जस्ता लाग्ने महल आलिसान छन्
हाम्रै रगत पसिनाको रङ्ग शोभायमान छन्
भ्युटावर, गेट, सालिक असान्दर्भिक संरचना
श्रम, पसिनाका भारी मूल्य त्यसै गुमनाम छन् ।

संचित मुद्रा सिध्याउँदै विदेश भ्रमण हिन्नुपर्छ ?
पोलिखाने मकै छैन विलाशिता किन्नुपर्छ ?
यिन्को चाला बुझ्नुपर्छ, राष्ट्रलाई धोका दिने
देश टाट पल्टाउने अब कुटिल ध्येय चिन्नुपर्छ ।

सरकार भ्युटावर र गेटमै झकिझकाउ हुन्छ
गठबन्धन सरोकारको सालिकमै बहकाउ हुन्छ
पारिवारिक प्रतिष्ठान राज्यकोषको दुरुपयोग
ढाँट्ने र लुट्ने बुद्धि कहिलेसम्म टिकाउ हुन्छ ?

कृषितन्त्र सुधार गर्ने सृजनशील बजेट छैन
रासायनिक मल बनाउने उल्लेखनीय प्रोजेक्ट छैन
श्रमजीवि अलपत्र छन् रोजगारीकै पिरलोमा
लठिभद्रे व्यवस्थापन कुनै आयाम पर्फेक्ट छैन ।

रुग्ण उध्योग खुलाउने कुनै चहलपहल छैन
भोक,अभाव, गरिवीको प्रभावकारी हल छैन
जँड्याहा र गँजडीको मूर्ति पुज्न तँछाड मछाड
स्मारक र सम्पदालाई जोगाउने छलफल छैन ।

बेमौसमी बाजा ठोक्नु बुद्धिमानी कर्म होइन
बालुवाको घर भत्किँदा दुखी बन्नु मर्म होइन
आफ्नो औकात के हो कुन्नि ? सधैं हात उत्तानै छ
सुकुलगुण्डा फुर्मासीमा धाक हान्नु सर्म होइन ?

जङ्गलको रावणराज हिट भएरै चल्ने भयो
शिशु तन्त्र जरैदेखि सिरीखुरी ढल्ने भयो
गठबन्धन हैन रै’छ, ठगबन्धन भन्छन् सबै
श्रीलंका, युक्रेन जस्तै राष्ट्र आखिर जल्ने भयो !!

०००
आलापोट, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x