सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाकिमसाहेबको भोजन

हाकिमका लागि घाँस जुराएर उनलाई रिझाई आफ्ना लालाबालाको पेट भराउनु छ र चौवीसै घण्टा प्रकारान्तरले भोजन संस्थानको काम गरी पूरै देशमा यो जन- संस्थानका शाखासन्तानहरू खोली सबैको भुँडी टन्न भर्नुभराउनु छ ।

Nepal Telecom ad

हरि वंदी :

मोटो रकमको तलब पचाउने हाकिमसाहेबको खुराक कमसेकम चौरासी व्यञ्जनको एक चौथाइ त अवश्य पनि होला भन्ने अनुमान मैले जागिर खाएकै महिना दिनमा गरेर्थे । किनभने उनको प्रथम दर्शनमै मैले उनलाई देखें- उनी खाइलाग्दा र जाइलाग्दा दुवै गुणसम्पन्न छन् ।

तर आज बाह्र वर्ष भइसक्यो मभित्रको लुते कुकुरको पुच्छर ढु‌ङ्ग्रोमा हालेको जस्ताको तस्तै अझ पनि उस्तै घुमेर पुच्छर हल्लाई स्वामीभक्तिबाहेक यसले कर्तव्यनिष्ठ भई अरू केही कसैको अनिष्ट चिताएन । यतिका वर्षको अनुसन्धानपछि एउटै कुरो हात लाग्यो- मेरा हाकिमसाहेब त रोजै छाकैपिच्छे घाँस खाँदा रहेछन् । भगवान्‌को शपथ खाएर म भन्दै छु घाँसवाहेक अरू केही खाँदा रहेनछन् ।

तपाईं पक्का पैनि हाकिमसाहेबको व्यक्तिगत चियोचर्चा गर्न यो छुचुन्द्रोलाई संस्थान सेवा नियमावलीको फलानो दफा लगाउनुपर्छ भन्नुहोला, तर माफ गर्नुहोला, मैले आजसम्म हाकिमसाहेवको भान्छा त के घरको क्याम्पासम्म पनि देख्ने सौभाग्य पाएको छैन, नत्र यसरी मभित्रको पुच्छर लौरो न हतियार पनि हुने थिएन ।

अँ त, म दावी गर्दै थिएँ, मेरा हाकिम रोजै घाँस खान्छन् । उनी स्वदेशमा छँदा घाँस खान्छन्, विदेशमा रहँदा उम्दा भोजन ज्यूनार गर्छन् भन्नु पनि ठीक होइन, किनभने उनी जहाँ जान्छन् घाँसै खान्छन् ।

हुन त साहेव हुन्- भोजन संस्थानका हाकिम । यो संस्थानले दुनियाँलाई दस प्रतिशतजति नुनदेखि रासनसम्म उपलब्ध गराउँछ र वाँकी संस्थागत विकासका लागि भनेर चालीस प्रतिशत लगानी र पचास प्रतिशत कर्मचारीको व्यक्तिगत विकासतिर भोजन गराउँछ । त्यसमध्ये हाकिमसाहेबको घाँसका लागि पच्चीस प्रतिशत सिङ्गै भाग लगाउँदा संस्थान घाटा खाएर पनि जनसेवामा संलग्न रही नगदको सट्टा नाम कमाइरहेको छ र यसको सम्पूर्ण देन हाकिमसाहेवलाई नै दिन सकिन्छ ।

तर यस्तो भोजन संस्थानमा बाह्र वर्ष बिताएर पनि रूखासूखा तलबले आफ्नो कहिल्यै पेट नपुरिएकाले आज हाकिमसाहेबको पेटको आन्द्राभुँडी केलाउन म जुरमुराइरहेछु । हाकिमसाहेबले सस्थानलाई नाफामुक्त एक जनकल्याणकारी प्रतिष्ठानमा परिणत मात्र गरेनन् त्यहाँ उनले आफ्ना समस्त नातागोता र कृपापात्रलाई भर्तीकेन्द्र पनि बनाए । तिनैमध्येको एउटा मेरो सहकर्मीलाई मित्रताले लामो समयसम्म मैले रिझाएपछि हरेक दुई वर्षमा दुई पदोन्नति पाएको उनले आफ्नो सफलताको रहस्य इमानदारीपूर्वक मलाई खोले- हाकिमसाहेबको वास्तविक मनसाय बुझी काम गर्न सक्नु अर्थात् कार्यालयको काममा एक घण्टा श्रम गरे पनि पुग्ने र हाकिमसाहेबको गोठमा भने गौमाताको सेवामा नित्य प्रातः र साय‌ङ्कालीन सेवामा सलग्न हुनै पर्ने ।

यसका लागि कार्यालयमा सुरुमा एक-डेढ घण्टा ढिलो आते र अन्तमा दुई घण्टापहिले नै जाते गरे पनि हुने । अतः हाकिमको गृहकार्यमा अति व्यस्त हुँदा हाकिमका गाईहरूलाई तीन डोको घाँस जहाँबाट पनि जुराउनुपर्ने हुँदा मित्रवरको कार्य किन कठिन रहेछ भने बरु चामल पसलमा जहाँ गए पनि भेटिन्छ, तर सहरमा घाँस विरलै पाइन्छ, यो सबैको समस्या पनि नभएकाले मेरा हाकिमजस्ता वरवन्दोबस्तवाला गाईपालाहरूलाई मात्र थाहा हुन्छ कि मेरो बन्धुवर खरिदार कम ग्वालालाई नै ज्ञान हुन्छ ।

सहकर्मी भन्छन्- यो सब किन गरिरहेछु भने हाकिमका लागि घाँस जुराएर उनलाई रिझाई आफ्ना लालाबालाको पेट भराउनु छ र चौवीसै घण्टा प्रकारान्तरले भोजन संस्थानको काम गरी पूरै देशमा यो जन- संस्थानका शाखासन्तानहरू खोली सबैको भुँडी टन्न भर्नुभराउनु छ ।

०००
उल्टोपट्टि (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x